२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामका जलविद्युत् आयोजनाको उत्पादन घट्यो

११ माघ २०७४, बिहीबार ०५:४७

गोविन्द लामिछाने / माघ ११, इलाम  | हिउँदयाम लागेसँगै खोलानालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादन आधा घटेको छ । 

वर्षायाममा काबेली करिडोर १३२ केभी प्रसारण लाइनको सवस्टेसन गोदकबाट ७१ मेगावाटसम्म विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा प्रवाह भएकामा माघको पहिलो सातामा २७ मेगावाटभन्दा कम मात्र विद्युत् प्रवाह भइरहेको छ । चैत्र÷वैशाखसम्म खोलामा पानीको सतह अझ घट्ने भएकाले विद्युत् उत्पादन पनि घट्न सक्ने विद्युत् उत्पादन गृहले जनाएको छ । 

जिल्लामा सबैभन्दा बढी क्षमताको सानिमा माई हाइड्रोपावर आयोजनाले १० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको सवस्टेसनले जनाएको छ । उक्त हाइड्रोपावर आयोजनाले वर्षायाममा ३० मेगावाट विद्युत उत्पादन गरेको थियो । 

१८ मेगावाट क्षमताको अपरमाई हाइड्रोपावरका दुवै विद्युत् गृहबाट हाल ६.१८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । पाँच मेगावाट क्षमताको जोगमाई हाईड्रोले दुई हजार ५०० किलोवाट विद्युत् उत्पादन गरिरहेको छ । इलाम पुवाखोला आयोजनाबाट तीन दशमलव १५ मेगावाट उत्पादन भइरहेको उक्त आयोजनाले जानकारी दिएको छ । 

इलामका मात्र होइन पाँचथर र ताप्लेजुङ जिल्लामा निर्माण सम्पन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भने प्रशारण लाइन नहुँदा राष्ट्रिय प्रशारणमा कमै मात्र पुग्ने गरेको छ । केन्द्रीय प्रशारण लाइन नहुँदा हेवा खोलामा उत्पादित विद्युत् इलाम पाँचथर ३३ केभी प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको छ । ३३ केभी क्षमता नभएपछि न्यून मात्रामा विद्युत् केन्द्रीय प्रशारणमा जोडिएको हो । 

हेवाखोला, जोशी हाइड्रो र हिमाल दोलखा हाइड्रोपावरबाट उत्पादित विद्युत् इलामको तिल्केनीस्थित सवस्टेसनमार्फत हाल करिब छ मेगावाट विद्युत् मात्र गोदक सवस्टेसनमा निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरण इलामका प्रमुख रवीनबाबु घिमिरेले बताउनुभयो । 

सुख्खायामको शुरूवातसँगै खेतबारीमा सिँचाइका लागि किसानले पानी लैजान थालेपछि उत्पादन घटेको आयोजना सञ्चालकहरू बताउँछन् । झण्डै पाँच महिनादेखि वर्षात् नभएकाले खोलामा पानीको सतह घट्दै जानु र किसानले बाली सिँचाइका लागि पानी लैजानाले उत्पादन घटेको हो । 

वर्षा नभए अझै उत्पादन घट्न सक्ने उत्पादन गृहले जनाएका छन् । धेरै सुख्खा भएको अवस्थामा अघिल्ला वर्षहरू भन्दा यसपाली अझ विद्युत् उत्पादन घट्ने भएको छ । सुरूङदेखि पावर हाउससम्म आउने पाइप लाइन छोटो भएकाले क्षमताअनुरूप विद्युत् निकाल्न धेरै पानी चाहिने भएकाले सुख्खा मौसममा उत्पादन घटेको कर्मचारी बताउँछन् । 

जिल्लाका ठूला जलविद्युत् आयोजनाका साथै ग्रामीण क्षेत्रमा सञ्चालित लघु जलविद्युत् आयोजनामा पनि विद्युत् उत्पादन घटेको छ । 

फाकफोक, एकतप्पा, आमचोक, फूएतप्पामा उत्पादन भइरहेका जलविद्युतमा पानीको बहाव घटेकाले विद्युत् उत्पादनसमेत घटेको फाकफोक खोला पहिलो लघु जलविद्युत् आयोजनाका कर्मचारी दिलेन्द्र मगरले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ