२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बाघ गणनामा प्रयोगभएका ६७ क्यामेरा हराए

११ माघ २०७४, बिहीबार ०६:१५

माघ ११, रत्ननगर | चितवन र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका ६७ वटा अत्याधुनिक प्रविधिको क्यामेरा हराएका छन् । 

बाघ आवतजावत गर्दा फोटो खिच्नका लागि राखिएका अत्याधुनिक प्रविधिका स्वचालित क्यामेराहरु यसरी हराएका हुन् । कतिपय मान्छेले चोरेर लगेको पाइएको छ भने कतिपय हात्तीले झिकेर फुटाउने गरेको तथा कतिपय क्यामेरा बाघले समेत लगेको पाइएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । “कतिपय मानिसले के रहेछ भनेर नयाँ देखेर लाने गरेको पाइयो, कतिपय तस्करले पनि लगेको आशंका छ”–अर्यालले भन्नुभयो । 

पर्सा क्षेत्रको पहिलो ब्लकमा ३४ वटा क्यामेरा हराएको छ । यस्तै दोस्रो ब्लकमा राखिएका क्यामेरामध्ये २६ वटा क्यामरा हराएको र तेस्रो ब्लकमा राखिएका क्यामेरामध्ये सातवटा हराइसकेको छ । त्यसमा २५ वटा क्यामरा हात्तीले फुटाएको पाइएको छ । दुईवटा बाघले लगेको बताइएको छ । ४० वटा क्यामरा मानिसले लगेका छन् । 

त्योबाहेक मान्छेले लगेको तीनवटा क्यामरा फिर्ता आएको छ । चितवनको कंकालीमा हराएको एउटा क्यामेरा प्रहरीमार्फत फिर्ता आएको छ । बुधबारमात्रै रौतहटमा एउटा क्यामरा फेला परेको थियो । 

बस्ती नजिक क्यामेरा राखिएकाले बालबालिकाले खेलौना भनेर पनि ल्याएको, कतिपय स्थानीयले नयाँ कुरा देखेर पनि क्यामरा लगेको पाइएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो । केही क्यामेरा तस्करले पनि लगेको अनुमान रहेको उहाँको भनाइ छ । कतिपय भने फिर्तासमेत आएको उहाँ बताउनुहुन्छ । 

दुई महिनादेखि नेपाल र भारतमा एकैसाथ शुरु भएको दुर्लभ पाटे बाघको गणना (अनुगमन) अन्तर्गत चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा ब्लक छुट्याएर अनुगमन भइरहेको छ । 

यहाँ करिब ६०० वटा क्यामरा प्रयोग भएका छन् । हराएका स्थानमा तत्कालै नयाँ क्यामरा राख्ने गरिएकाले गणनामा प्रभाव नपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका अनुसन्धान अधिकृत एवं बाघ अनुगमनको नक्साङ्कन हेर्दै आउनुभएका बाबुराम लामिछानेले बताउनुभयो । 

राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईका अनुसार अहिले चितवन–पर्सा कम्प्लेक्समा बाघको गणना अन्तिमतिर पुगेको छ । 

यसपटक सामुदायिक वन क्षेत्रमा समेत बाघ गणना भएकाले सर्वसाधारणको पहुँच हुने हुँदा क्यामेरा हराउने क्रम बढेको छ । अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना भइरहेको छ । मंसिर १४ गतेबाट बाघ गणना थालिएको थियो । यसअघि सन् २०१३ मा गणना भएको थियो । सन् २०१३ को बाघ गणनामा नेपालमा १९८ बाघ रहेको तथ्यांक छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य