२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कृषि विश्वविद्यालयका विद्यार्थी आन्दोलित

२०७४, ११ माघ बिहीबार ०७:५९

चितवन, ११ माघ | रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय का पदाधिकारीले विलासी गाडी खरिद गरेको भन्दै विद्यार्थी आन्दोलमा उत्रिएका छन् । 

विश्वविद्यालयमा शैक्षिक सामग्रीको अभाव, प्रयोगशाला, पुस्ताकालय, भवन जीर्ण हुँदापनि पदाधिकारी भने विलासी गाडी खरिदमा लागेको विद्यार्थीको आरोप लगाउँदै नेपाल विद्यार्थी यही माग ३ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी आन्दोलमा उत्रिएको हो । 

विश्वविद्यालयले उपकुलपतिका लागि रु ७१ लाखको टाटा कम्पनीको हेग्जा, रजिष्ट्रारका लागि रु ६१ लाखको टाटा कम्पनीकै सफारी स्टोर्म, सेवा आयोगका अध्यक्षका लागि रु ५१ लाखको हुण्डाईको क्रेटा गाडी खरिद गरेको विश्वविद्यालयले जनाएको छ । 

त्यसैगरी दुईजना डिनका लागि रु ४० लाखको महेन्द्रा कम्पनीको स्करपियो र रु ३६ लाखको टाटा कम्पनीको पिकअप गाडी, केन्द्रीय कार्यालय र अनुसन्धान निर्देशकका लागि पनि रु ३६ लाखको टाटा कम्पनीको दुई वटा पिकअप गाडी खरिद गएिको छ । विश्वविद्यालय स्थापना भएको छ वर्षअघिमात्रै सबै पदाधिकारीका लागि नयाँ गाडी खरिद गरिएको थियो । 

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं कृषि विश्वविद्यालयका संयोजक सरोज रेग्मीले विद्यार्थीले अध्ययनका लागि अतिआवश्यक सामग्री नपाउनु तर पदाधिकारी विलासी गाडीमा हुइँकिनु राम्रो नभएको भन्दै यीसहित अन्य माग गर्दै नेविसंघ आन्दोलित भएको बताउनुभयो । 

पदाधिकारीहरुले मनोमानी रुपमा पूर्वाधारबिना आंगिक क्याम्पस खोलेको आरोप पनि नेविसंघले लगाएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले उच्च पदका पदाधिकारी धेरै भएकाले आवश्यक भएरै गाडी खरिद गरिएको जानकारी दिनुभयो । अन्य विश्वविद्यालयको तुलनामा आफूहरुले कम मूल्यका गाडी खरिद गरेको उहाँको दाबी थियो । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी