१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश सरकार गठनका लागि परामर्शमा छु : प्रदेश प्रमुख झा

११ माघ २०७४, बिहीबार ०९:२२

माघ ११, बुटवल | प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभा र सरकार गठनका लागि आफू परामर्शमा रहेको बताउनुभएको छ । उहाँले संवैधानिक व्यवस्थाअनुरुप दुवै कामका लागि आफूले राजनीतिक दल, कानून विज्ञ तथा अन्य सरोकारवालासँग परामर्श गरिरहेको बताउनुभयो । 

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले कानूनमा भएको व्यवस्थाअनुसार तोकिएकै मितिभित्र बैठक बस्ने र सरकार गठन गर्ने स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनको नतिजा सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभाको संसद् बैठक र ३० दिनभित्र प्रदेश सरकार निर्माण गर्ने र मुख्यमन्त्री चयन गरिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोहीअनुरुप काम हुने बताउनुभयो । माघ ७ गते पदभार ग्रहण गरेलगत्तै दैनिक कामकाज जारी रहेको बताउँदै प्रमुख झाले सरकारले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास दिलाउनुभयो । प्रदेश सरकारमा आफूहरुको अनुभव नभए पनि केन्द्रीय सरकार चलाएको आफूसँग अनुभव भएको बताउनुभयो । 

अस्थायी मुकाममा कार्यालय पूर्वाधारको व्यवस्था नभएकाले पनि संसद् बैठक आह्वानका लागि केही दिन लाग्नेछ । संसद् सञ्चालनका लागि कर्मचारीसमेत आउने क्रम बढेको प्रदेश सचिव सन्तकुमार दवाडीले बताउनुभयो । 

प्रदेश मन्त्रालयलगायत कार्यका लागि अस्थायी राजधानी भएकाले अस्थायी किसिमका पूर्वाधार निर्माण भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह