२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बैद्य माओवादीद्वारा भारतीय हस्तक्षेप बिरुद्ध दाङ्गमा बिरोध सभा

१२ मंसिर २०७२, शनिबार ०३:१९

baidya maoist dang copyसन्तोषकुमार गुप्ता/मङ्सिर १२, दाङ । मोहन बैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेताहरुले भारतले नेपाल माथि ठाडो हस्तक्षेप गरेको भन्दै दाङको घोराहीमा बिरोध सभा गरेका छन् । उनीहरुले देशभित्रका शासकहरुका कारण भारतले घोषित रुपमै हस्तक्षपकारी भुमिका खेलेको बताएका हुन् ।

दाङको घोराहीस्थित तुलसीपुर चोकमा भएको अघोषित नाकाबन्दीको बिरोधमा आयोजित सभामा केन्द्रीय नेताहरुले नेपाललाई स्वाधिन र स्वतन्त्र बनाउन सम्पूर्ण नेपालीहरु एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखेका छन् । अहिले भारतले विभिन्न वहानामा नेपाल माथि हस्तक्षेप गरेको भन्दै सन् १९५० लगायतका असमान सन्धी सम्झौताहरु खारेज गरिनुपर्ने नेताहरुले माग गरेका छन् ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका थारुवान राज्य संयोजक एवं केन्द्रीय सचिवालय सदस्य यशोधा सुवेदी गुरुङले भारतीय बिस्तारवादको दलाली गर्न दलहरुले छोड्नुपर्ने भन्दै नेपाललाई परनिर्भर बनाउने योजनासहित अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले मधेसी र थारु आन्दोलनका जायज मागहरु सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

लामो समय भइसक्दा पनि नाकाबन्दीले जनजीबन अस्तव्यस्थ भएको भन्दै ईन्धनको कालाबजारी गर्नेहरुलाई अबिलम्ब कारबाहीको माग गर्नुभयो । यस्तै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य ईन्द्रजित थारु ब्राइनले ठूला दलहरु राष्ट्रियताको पक्षमा गम्भीर नभएको भन्दै देश भित्रकै शाषकहरु नाकाबन्दी लम्बिनुको मुख्य कारक रहेको आरोप लगाउनुभयो ।

सम्पूर्ण राष्ट्रभक्ति शक्तिहरु एकजुट भई मुलुकको अस्मिता जोगाउन लाग्नुपर्ने उहाँको भनाइ छ । भारतीय नाकाबन्दीको बिरुद्धमा आयोजित बिरोध सभा हुनुपूर्व पार्टी कार्यालयबाट र्याली निकालिएको थियो । बिरोध सभाको सहजीकरण नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रामबहादुर दहित अञ्जानले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य