2026-09-03 06:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

ठुलीभेरी नगरपलिकाका ४ वडा कार्यालय एकै कोठामा

टेकबहादुर शाही/माघ ११, डोल्पा । नगरपालिकाका ४ वटा वडाको वडा कार्यालय एकै कोठामा रहेका छन । 

डोल्पा जिल्लाको ठुलीभेरि नगरपालिका अन्तरगत वडा नं.१,२,३ र ४ को कार्यालय सदरमुकाम दुनैमा एकै कोठामा राखिएको छ । साविकको दुनै गाविसको कार्यालयमा यि सबै ४ वटा वडाको कार्यलय सँयूक्त राखिएको छ । 

जिल्ला सदरमुकाम रहेको दुनैमा वडा कार्यालय प्रत्यक वडामा स्थापना गर्न नसके पछि जनताले सबै वडाको काम दुनैको वडा नं.३ को कार्यालयमा आएर लिने गरेको वडा नं.१ का स्थानीय गणेश गूरुङे बताए । 

उनका अनुसार भौतिक संरचनाहरु नभएको र सरकारी कार्यालय पनि दुनैमा नै भएको कारण जनताले वडामा कार्यालय स्थापना गर्न खासै दावब नदिएको बताए । 

११ वटा वडा कार्यालय रहेको ठुलीभेरि नगरपालिकामा ७ वटा वडाले काम चालाउका रुपमा कार्यलयहरु स्थापना गरेको भए पनि ४ वटा वडाले अझै पनि वडा कार्यालय स्थापना गर्न सकेका छैनन । 

त्यस्तै अन्य स्थानीय तहका पनि अधिकांश वडा कार्यालयहरु वडामा स्थापना भएका छैनन । केहि भएका पनि ब्यवस्थित जनताले सहजै सेवा लिन मिल्ने खालका नभएको स्थानीयहरु बताउछन । 

स्थानीय तहको सरकार बनेर जनप्रतिनिधिहरु चुनिएको २ सय ५० दिन पार गरि सक्दा पनि स्थानीय तहका वडा कार्यालय स्थापना गरि जनतको सेवा वडाबाट दिन नसेकोले जनाप्रतिनिधिहरुनै असक्षम रहेको नागरिको आरोप रहेको छ । तर उता जनप्रतिनिधिहरु भने स्थानीय बिकास मन्त्रालयले स्थानीय तहमा कर्मचारि नै नपाठाएकोले पनि जनताले चाहे अनुरुप वडाबाट सेवा दिन नसेको दावी गर्दछन । 

हाल डोल्पामा स्थानीय तहमा पञ्जीकरण शाखामा काम गर्ने पञ्जिकाधिकारी नै नभए पछि जनताको सेवा अबरोध हुदै आएको छ । पञ्जीकरण शाखामा काम गर्ने वडा सचिव जिल्ला भरिका ६५ वटामा १८ जना मात्र रहेका छन । कसैले ३ वडा कसैले कार्यकारिको जिम्मेवारि सहित ४ वटा वडाको जिम्मेवारि लिएर सेवा दिएको जगदुल्ला गाउपालिकाका निमित्त कार्यकारि नन्दराज गिरिले जानकारि दिए । 

स्थानीय तहको निर्वाचन पछि जनताको सेवा घरघरमा पुगेको भने पनि भने अनुसारको सेवा दिन नसेको ठुलीभेरि नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले स्वीकारे । उनका अनुसार अव कर्मचारि समायोजन पछि तत्काल वडाको कार्यालहरु पनि वडामै स्थापना गरि ब्यवस्थित र जनमुखी सेवा प्रदान गर्ने तयारि भएको बताए । 

स्थानीय तहको निर्वाचन पछि नगरपालिका,गाउपालिका र ति स्थानीय तहका वडा कार्यालय ब्यवस्थापनका लागि भनेर सरकारले ३५ लाख भन्दा माथि १ करोड सम्म बजेट बिनियोजन गरेको भए पनि वडा कार्यालय भन्दा कति पय गाउपालिकाको कार्यालय समेत ब्यवस्थापन नगरेको नागरिक समाज डोल्पाको दावी रहेको छ । 

वडा स्तरमा वडा कार्यलय नभए पछि जनताको सेवा गाउगाउमा भन्ने नारामा मात्र समिति रहेको ब्यबहारमा लागु नभएको नागरिकहरुको गुनासो रहेको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही