२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सामुदायिक वनद्धारा सेवा केन्द्रलाई कोठा उपलब्ध

२०७२, १२ मंसिर शनिबार ०८:००

सन्तोषकुमार गुप्ता/ मंसिर १२, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत कालिका सामुदायिक वन उपभोक्ता समुहले सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियालाई कार्यालय सञ्चालनका लागि कोठा उपलब्ध गराएको छ ।

समूहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षतामा भएको बैठकले हालै स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्दको आर्थिक अवस्था कमजोर रहेको भन्दै आर्को व्यवस्था नहुनजेल सम्मका लागि सामुदायिक वनले आफ्नो भवनको एउटा कोठा उपलब्ध गराउने निर्णय गरेको हो । सेवा केन्द्रले गाउँ घरमा हुने गरेको झै—झगडा, बिबादहरु मिलाई गाउँ घरमा शान्ति स्थापना गर्न जस्ता महत्वपूर्ण कामहरु ग्दै आएको सेवा केनद्रकी अध्यक्ष हिमाली न्यौपानेले बताईन् ।

यस्तै सामुदायिक वनका अध्यक्ष जोहरमान मियाँले सामुदायिक वन पनि यसै ठाउँका नागरिकहरुको संस्था भए जस्तै सेवा केन्द्र पनि हाम्रा लागि अति उपयुक्त संसथा भएकोले यसको संरक्षण संम्बद्धन गर्ने हाम्रो दायित्व भएको बताए । सेवा केन्द्र पूर्ण आर्थिक, समाजिक रुपले मजबुट नहुँदा सम्म एउटा कोठा कार्यालय सञ्चालनका लागि निशुल्क उपलब्ध गराईएको समूहका अध्यक्ष मियाँले भने ।

बैठकमा सामुदायिक वनका संस्थापक अध्यक्ष युवराज न्यौपाने, पूर्व अध्यक्ष मालिका आचार्य, टेकबहादुर रावत, गुरुप्रसाद ज्ञवाली, समाजेवीहरु रमेशमान गुरुङ्ग, शारदा भुसाल लगायत एक सय बढी समाजिक अगुवाहरुको सहभागिता रहेको थियो । बैठकको सहर्जीकरण समूहका सचिव भिमकान्त भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते