२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभामा सडक निर्माण भएसँगै स्थानीयवासी खुशी

१२ माघ २०७४, शुक्रबार ०६:५५

माघ १२, संखुवासभा | संखुवासभाको व्यापारिक बजार पोखरी हुँदै नुनढाकी जाने सडकको कार्य तीव्रगतिमा अगाडि बढेसँगै स्थानीयवासीमा खुशियाली छाएको छ । 

उन्नति संस्थाको रु १० करोड ७९ लाख ४२ हजार ४५९ को लागतमा २१ किलोमिटर सडक निर्माण गर्ने जिम्मा पाएका थोदुङ् कुन्सालिङ जेभी कम्पनीले सडक निर्माण कार्यमा तीव्रता दिएको हो । ठेकेदार सीताराम तामाङका अनुसार यो सडक निर्माण गर्दा आफूहरुलाई स्थानीयवासीले समेत साथ दिइरहेका छन् । निर्माण कार्य शुरु गरेको छ महिना नबित्दै ३० प्रतिशतभन्दा बढी काम गर्न आफूहरु सफल भएको उनको दाबी छ । 

चैनपुर नगरपालिकाले सडक निर्माणको कार्यलाई कडाइका साथ अनुगमन गरिरहेकाले गुणस्तरीयता कायम गर्न आफूहरुले समेत निगरानी गरिरहेको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले बताउनभयो । उक्त सडक निर्माण हुँदा खाँदबारी, चैनपुर, पाँचखपनलगायतका स्थानीयवासीले संखुवासभाको चैनपुर नगरपालिका–१ मा नुनढाकीस्थित प्रसिद्ध तीर्थस्थल तातोपानीलगायत तेह्रथुम, ताप्लेजुङ र चैनपुर नगरपालिका–१ नुनढाकी गुफापोखरीे संगमस्थलमा नेपालमा पाइने ३२ प्रजातिको गुराँसमध्ये २८ प्रजातिको गुराँस फूलको रमणीयस्थल तिनजुरे, मिल्के, जलजले क्षेत्र र ताप्लेजुङसम्मको सहज यात्रा गर्न सक्ने बताइएको छ । 

उक्त सडक सञ्चालनबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्न सक्ने जिल्ला समन्वय समिति, संखुवासभाका प्रमुख सुमन शाक्यले बताउनुभयो । 

अहिले इस्टिमेटबमोजिम ग्याबियन वाल, नाली निर्माण कार्यका साथसाथै सडक चौडा बनाइ सहजरुपबाट सवारीसाधन आवतजावतमा समेत अवरोध नपुग्ने गरी द्रुतगतिमा निर्माण कार्य भइरहेको प्रमुख खत्रीले बताउनुभयो । 

सडक निर्माण कार्यलाई तीव्रता दिन साँझको समयपछि मात्र लोड गाडी आवतजावत गर्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक हेमन्तकुमार राणाले बताउनुभयो । 

सडक निर्माण कार्य सम्पन्न भएपछि व्यापारिक एवं पर्यटकीय महत्वको चैनपुर बजारबाट पोखरी हुँदै नुनढाकीसम्मका स्थानीयवासीको दैनिक जीवनयापन र स्थानीय उत्पादनको बजार प्रवद्र्धनमा सहजता आउनुका साथै आर्थिक कारोबारमा थप वृद्धि हुनेमा स्थानीयवासी आशावादी छन् । 

अक्षयकोष स्थापना 

यसैबीच, खाँदबारी नगरपालिका–७ का भीमकुमारी थापामगरले आफ्नो स्व आमाको स्मृतिमा श्री मंगलादेवी माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । 

तीन वर्ष अघि स्वर्गिय हुनुभएकी उहाँकी आमा चन्द्रमाया थापामगरको स्मृतिमा रु ५० हजारको छात्रवृत्ति कोष स्थापना गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ । कोषको ब्याजबाट आएको रकमले हरेक वर्षको एसइइ परीक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने विद्यालयका प्रधानाध्यापक योगेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

कोष स्थापना गर्ने भीमकुमारी थापामगरकी स्व आमाले पनि तीन वर्षअघि उहाँका स्व श्रीमान्को नाममा रु ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो । सो अक्षकोषको ब्याजबाट माध्यमिक तहका जेहेन्दार दुई छात्र र दुई छात्राले छात्रवृत्ति पाइरहेकोसमेत प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान