२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पूर्व कम्लहरीहरुलाई तीन महिने बाख्रा पालन तालिम

१३ मंसिर २०७२, आईतवार १०:४७

सन्तोषकुमार गुप्ता/मङ्सिर १३, भालुवाङ । पाँच जिल्लाका पूर्व कम्लहरीहरुका लागि तीन महिने आवसिय बाख्रा पालन तालिम आईतबार देखि देउखुरीको राप्ती प्राविधिक शिक्षालय लालमटियामा शुरु भएको छ ।

\रोटरी क्लब अफ पाटनको सहयोग तथा नेपाल युथ फाउन्डेसन ललिपुरको संयोजन एवम् राप्ती प्राविधिक शिक्षालयको आयोजना तथा प्राविधिक सहयोगमा पूर्व कम्लहरुहिरुलाई व्यवसायिक बाख्रा पालन तालिमबाट आर्थिक, समाजिक रुपमा आत्मानिर्भर बनाउन तालिम सञ्चालन गरिएको हो ।

तालिममा मध्यपचिम विकास क्षेत्रका पाँच जिल्ला दाङ्ग, बाके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका २५ जना पूर्व कम्लहरीहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षक राप्ती प्राविधिक शिक्षालय कृषि विभाग प्रमुख डा. राजु भुसाल सहित कृषि प्रशिक्षकहरु रहेको आयोजकले जनाएको छ ।

पूर्व कम्लहरीहरु आर्थिक अवस्था कमजोर भएकै कारण पुन कम्लहरी बस्नु नपरोस् भन्ने उद्देश्यले प्रतिनिधिमूलक सहभागिता गराई तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

शिक्षालय प्रमुख मोतीलाल चौधरीको अध्यक्षता एवम् नेपाल युथ फाउन्डेसनका कार्यक्रम संयोजक विनोद कडाराको प्रमुख आतिथ्यमा भएको तालिम उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले व्यवसाय तालिमले कम्लहरहिरुलाई आर्थिक रुपले मजबुत बनाउन सहयोग पुग्ने र पुन कम्लहरी गर्नु पर्ने बाध्यता नहुने बताएका थिए ।

शिक्षालयका निर्माण विभाग प्रमुख कुलराज चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शिक्षालयका कृषि विभाग प्रमुख डा. राजु भुसाल, स्वास्थ्य विभागका निमित्त प्रमुख मोहन कलौनी र सहभागीको तर्फबाट रञ्जु थापा लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कृषि प्रशिक्षक बसन्त तन्डनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य