2026-09-19 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पूर्व कम्लहरीहरुलाई तीन महिने बाख्रा पालन तालिम

सन्तोषकुमार गुप्ता/मङ्सिर १३, भालुवाङ । पाँच जिल्लाका पूर्व कम्लहरीहरुका लागि तीन महिने आवसिय बाख्रा पालन तालिम आईतबार देखि देउखुरीको राप्ती प्राविधिक शिक्षालय लालमटियामा शुरु भएको छ ।

\रोटरी क्लब अफ पाटनको सहयोग तथा नेपाल युथ फाउन्डेसन ललिपुरको संयोजन एवम् राप्ती प्राविधिक शिक्षालयको आयोजना तथा प्राविधिक सहयोगमा पूर्व कम्लहरुहिरुलाई व्यवसायिक बाख्रा पालन तालिमबाट आर्थिक, समाजिक रुपमा आत्मानिर्भर बनाउन तालिम सञ्चालन गरिएको हो ।

तालिममा मध्यपचिम विकास क्षेत्रका पाँच जिल्ला दाङ्ग, बाके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका २५ जना पूर्व कम्लहरीहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षक राप्ती प्राविधिक शिक्षालय कृषि विभाग प्रमुख डा. राजु भुसाल सहित कृषि प्रशिक्षकहरु रहेको आयोजकले जनाएको छ ।

पूर्व कम्लहरीहरु आर्थिक अवस्था कमजोर भएकै कारण पुन कम्लहरी बस्नु नपरोस् भन्ने उद्देश्यले प्रतिनिधिमूलक सहभागिता गराई तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

शिक्षालय प्रमुख मोतीलाल चौधरीको अध्यक्षता एवम् नेपाल युथ फाउन्डेसनका कार्यक्रम संयोजक विनोद कडाराको प्रमुख आतिथ्यमा भएको तालिम उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले व्यवसाय तालिमले कम्लहरहिरुलाई आर्थिक रुपले मजबुत बनाउन सहयोग पुग्ने र पुन कम्लहरी गर्नु पर्ने बाध्यता नहुने बताएका थिए ।

शिक्षालयका निर्माण विभाग प्रमुख कुलराज चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शिक्षालयका कृषि विभाग प्रमुख डा. राजु भुसाल, स्वास्थ्य विभागका निमित्त प्रमुख मोहन कलौनी र सहभागीको तर्फबाट रञ्जु थापा लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कृषि प्रशिक्षक बसन्त तन्डनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई