१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा दुर्घटना परि एकको मृत्यु, दुई घाईते

१३ माघ २०७४, शनिबार ०४:२३

माघ १३, सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाही खण्डको ईश्वरपुर नगरपालिकाको फूलजोरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ईश्वरपुर नगरपालिका–४ सागरनाथका ४९ वर्षीय अशोक भण्डारीको मृत्यु भएको सर्लाहीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ४ ख ३५९५ नम्बरको ट्रिफर र विपरीत दिशाबाट आउँदै गरेको ज १ च १५१८ नं. को टाटा पिकअप गएराति ८ बजे आपसमा ठक्कर खाँदा पिकअपका चालक भण्डारी गम्भीर घाइते भएका थिए । उनलाई गढिमाई अस्पताल, लालबन्दीमा सामान्य उपचार गरी थप उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, कौडेना गाउँपालिका–१ सुकचैनामा मोटरसाइकलले ठक्कर दिँदा १ बालक घाइते भएका छन् । बीआर ३० जी ५७१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा किशोरी पासवानका ५ वर्षीय छोरा आकाश पासवान घाइते भएका हुन् ।

घाइते बालकको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

त्यसैगरी, बागमती नगरपालिका–१ रायमाझी चोकमा बा. ४३ प. ४४०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाबुराम भुजेलका १२ वर्षीय छोरा विराज भुजेल घाइते भएका छन् । उनलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचारगरि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार