Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

मिर्चैया नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

By kit

राम नारायण पंडित/माघ १३, सिरहा । नेपाललाई २०१७ सालसम्ममा खुल्ला दिशा मुक्त क्षेत्र (ओडिएफ) घोषणा गर्ने राष्ट्रिय सरसफाई गुरु योजनाको भावना र मर्म अनुरुप आज (शुक्रबार) मिर्चैया नगरपालिकालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषण गरिएको छ ।

निर्धारित समय भन्दा केही ढिलो भएपनि कठिन परिश्रमबाट सबै घरघुरीमा शौचालय निर्माण भएपछि मिर्चैया नगरपालिकालाई एक समारोहकाबिच खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न सफल भएको आयोजक संस्थाले जनाएको छ ।

सवै घर परिवारमा बिभिन्न संघसंस्थाका सहयोगमा शौचालयको निमार्ण भई प्रयोगमा आएकोले एक कार्यक्रम गरि मिर्चैयालाई खुल्ला दिशा मुक्त नगरपालिका घोषणा गरिएको हो । घरघरमा चर्पी प्रयोग गर्नलाई सबैसँग आयोजकले आग्रह गरेका छन् ।

मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबको अध्यक्षतामा भएको घोषणा सभामा प्रमुख अतिथिको रुपमा जिल्ला समन्बय समिति सिरहाका अध्यक्ष रामचन्द्र ठाकुरको उपस्थित रहेको थियो ।

कार्यक्रममा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नमा सहयोग पुर्याउने बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई दोसल्ला ओढाई प्रमाणपत्र सहित सम्मान गरिएको  एमवासिसी मिर्चैयाका कोर्डिनेटर धनन्जय महताले जानकारी दिए ।

कार्यक्रममा मिर्चैया नगरपालिकाका उपमेयर जिबछी देबी साह, नेपाल स्बस्थ्यका लागि पानी (नेवा) का क्षेत्रिय प्रबन्धक गणेश ढकाल, प्रशासकिय अधिकृत राजेन्द्र पौडेल, इन्जिनियर राजेश गुप्ताको साथे स्थानियबासी, बुद्घिजीवि नागरिक समाज, राजनीतिकर्मी, संचारर्मी लगायतका उपस्थिति रहेको थियो ।