२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिसहनियाँमा अपाङ दिवस मनाइयो

१८ मंसिर २०७२, शुक्रबार ०३:१६

ओमप्रकाश गुप्ता/मङ्सिर १८, सिसहनियाँ । हरेक सरकारी निकायहरुमा अझै पनि अपाङ मैत्री भवन नहुदा अपाङता भएका व्यक्तिहरुले सहज रुपमा सेवा लिन नसकेको आज सिसहनियामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

अपाङ समन्वय समिति सिसहनियाँको आयोजना एवम् सिसहनियाँ गाविसको आर्थिक सहयोगमा आयोजित २४ औ अन्र्तराष्ट्रिय अपाङ दिवस कार्यक्रममा बोल्ने सहभागी अपाङहरुले बताएका छन् ।

उनीहरुले राज्यबाट पुर्ण अपाङहरु वाहेक आंशिक अपाङहरुलाई अपाङ भत्ता नदिदा अपाङहरु मर्कामा परेको गुनासो समेत गरेका छन् ।

कार्यक्रममा अन्य वक्ताहरुले अव हरेक अपाङहरुका लागि सरकारले ठोस कार्यक्रमहरु ल्याउनु पर्ने बताएका थिए । साथै अझै पनि हरेक सरकारी कार्यालय निकायहरुमा अपाङहरुको समान सहभागिता नरहेको बताएका थिए ।

समितिका अध्यक्ष सुशिला सुवेदीको अध्यक्षता एवम् सिसहनियाँ गाविस प्राविधिक विमला भट्टराई(खनाल)को प्रमुख आतिथ्यतामा भएको सभामा नेकपा एमालेका खिमबहादुर के.सी, एकिकृत नेकपा माओवादीका शान्तराज शर्मा, नेकपा माओवादीका भगवता शर्मा, राप्रपा नेपालका टेकबहादु र कार्की, राजमोका माधवप्रसाद आचार्य, थरुहट तराई पार्टी नेपालका पाटेश्वरी प्रसाद चौधरी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका विष्णुप्रसाद चौधरी, नेकपाका जयप्रकाश चौधरी, माले समाजवादीका रिता चौधरी, सर्वोदय उच्च मा.विका शिक्षक हेमराज अधिकारी, वडा नगरिक मञ्चका रामप्रसाद चौधरी, दलित सञ्जालका ठगेन्द्र परियार, सहभागी अपाङहरु भागवती चौधरी, कलावती चौधरी, कमला चौधरी लगायतका वक्ताले बोल्नुभएको थियो ।

साथै कार्यक्रममा सिसहनियाँ गाविसका ८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न तथा गरिव अपाङ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरिएको थियो ।

यसरी शैक्षिक सामाग्री पाउने विद्यालयका विद्यार्थीहरुमा सर्वोदय उच्च मावि सिसहनियाँका दशरथ चौधरी, शंकर मावि पिपरीका निराजन चौधरी, ज्ञानोदय मावि पत्थरगढवाका रामलाल चौधरी, बाल कल्याण निमाविका सपना चौधरी, जनकल्याण प्रावि कालापानीका जिवलाल चौधरी, बाल उद्यान प्रावि सिङगेका अर्जुन विक, हंशेश्वर प्रावि भगवानुरका सुस्मिता चौधरी र प्रावि थकरीकोटका जागेश्वर थापामगर रहनु भएको छ ।

समितिका कोषाध्यक्ष गणेश चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समितिका सल्लाहकार तथा पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य