१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

रक्सीले महिला हिँसा बढ्दै

१३ माघ २०७४, शनिबार ११:०५

टेकबहादुर शाही | माघ १३, डोल्पा | डोल्पामा रक्सीको कारण महिला हिँसा बढ्दै गएको छ । एक पुरुषले रक्सी खाएर श्रीमतीलाई कुटपिट गरेका छन । त्रिपुरा सुन्दरी नगरपालीका वडा नं ८ पहाडा भुतिङग्राका अन्दाजी बर्ष ३१ का धनबहादुर के सीले आफ्नी श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी छिन । ३० बर्ष की आइता केसीलाइ श्रीमानले रक्सी खाएको बेला ना नाथरी गालीगर्दै कुटपिट गरेको पिडित आइताले बताइन । 

श्रीमानले कुटपिट गरेको छिमेकीले थाहा पाएपछी उपाचारको लागी स्वास्थ्यचौकीमा पुर्याएको पाहाडा स्वस्थ्यचौकीले जानकारी दिएको छ । स्वस्थ्यचौकी पहाडाका अनुसार श्रीमानले रक्सी खाआएको समयमा बिभिन्न खाले अपच शब्दले गालीगर्दै श्रीमतीलाई कुटपिट गरेर टाउको र अनुहारमा निकै धेरै ठुलो चोट लागेको जानकारि दिएको छ ।  

धेरै जसो दिनमा रक्सी खाएर गाउमा हल्लिरहने र धनबहादुरले घरमा श्रीमतीसंग झगडा गरीरहने गरेको छिमेकीले जानकारि दिए । श्रीमान घरमा नबस्ने अनि रक्सीकै नसामा बस्ने भएकोले एक्लैले घरको काम गर्ने गरेको पिडित आइता केसिको भनाइ छ । उनका अनुसार जहिले पनि घरमा आएर झगडा गर्ने छोराछोरीलाइ तनाव दिने र आफुलाइ सताइ रहने गरेको बताइन ।

छिमेकीका अनुसार धनबहादुर र आइताका १० वर्षकी एक छोरी र ६ वर्षका एक छोरा छन । बिबाह गर्दा राम्रै सम्बन्ध रहेको र हाल आएर आफुलाइ अशिक्षित भएको भन्दै केहि गर्न नसक्ने भनेर बिभिन्न बहानामा गाली गरि कुटपटि गर्ने आइताले बताएकी पाहाडा स्वास्थ्य चौकिले जानकारि दिएको छ । 

पछिल्लो समय जाड,रक्सी खाएर महिलाहरुलाइ कुटपिट गर्नेहरु गाउघरमा धेरै नै रहेको स्थानीयहरु बताउछन । बिभिन्न कारणले महिलाहरु घरेलुहिँसामा पर्ने गरेका छन । सानै उमेरमा बिबाह गर्ने र पछि बच्चा जन्मीए पछि दोस्रो बिबाह गर्नु पनि मुख्य कारण रहेको छ । त्यसका साथै बिबाहित महिला नै परपूरुषसँग भागेर जाने प्रबृत्ति बढ्दो क्रममा रहेको छ । 

घरेलुहिँसामा परेका महिलाको लागि कानुनि उपचारका थुप्रै आधारहरु भए पनि गाउघरमा नै समुदायले मिलाएर लैजाने गरेको पाइन्छ । महिला तथा बालवालिका कार्यालय,प्रहरी तथा अन्य कुनै पनि निकायमा घटनाको बारेमा जानकारि दिए नराम्रो सन्देश जाने भन्दै समुदायलेनै सबै घटना गाउमा मिलाउने गरे पछि यस्तो बिकृति बढ्दो रहेको सरोकारवालाको दाबी रहेको छ । 

उच्च हिमाली जिल्ला भएको कारण पनि जाँड रक्सीको प्रयोग हुने भएको धरैको ठम्मयाइ रहेको छ । अत्याधिक चिसो र थकाइ मेटाउनको लागि मधिराको प्रयोग हुने गरेको स्थानीयहरु बताछन । बिभिन्न चाडवाड र खुसियालीमा जाड र रक्सीको अत्याधिक मात्र प्रयोग गरिने गरिन्छ त्यहि खुसियालीमा खाएको रक्सीले महिलामाथिको हिँसा बढ्दो क्रममा भएको सरोकारवालको दावी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार