Skip to content
Friday, July 17, 2026 Nepali Online Media

लागुऔषध सहित दुई पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १३, लहान । लागुऔषधसहित प्रहरीले सिरहाको लहान नगरपालिका–३ ठाडीचौकबाट शनिबार दिउँसो दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का महेश चौधरी र सुरेश यादव रहेका छन् ।

लहान नगरपालिका–३ ठाडीचोकमा खटिएको प्रहरी टोलीले उनीहरु सवार बा २१ प ६७२६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागु औषध फेला पारेको हो ।

उनीहरुबाट डाइजेल्याप–५ एम्पुल, लुपिजेसिक–५ एम्पुल, फेनारगन–५ एम्पुल, नाइट्रोजन ट्याब्लेट १३० थान र गाँजा दुईसय ग्राम बरामद भएको प्रहरीले जनाएको छ । रासस