2026-09-08 06:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा निमार्णाधीन भवन अज्ञात समूहले भत्कायो

माघ १३, मुगु | जिल्लाको सोरु गाउँपालिकामा निमार्णाधीन कृषि सेवा केन्द्रको भवन गएराति अज्ञात समूहले भत्कादिएका छन् । 

जिल्ला कृषि विकास कार्यालयसँग सम्झौता गरेर सोरु गाउँपालिकाले तीन हप्ताअघिदेखि सोरु गाउँपालिका–६ कुलाहाँमा भवन निर्माण कार्य शुरु गरेको थियो । 

गाउँपालिकाका प्रमुख लोकबहादुर शाहीका अनुसार गएराति कामदारहरु काम सकेर कालै, पुरुमुरु र जिमा गाउँमा सुत्न गएका बेला अज्ञात समूहले मौका छोपी भवन भत्काएको हो । 

गाउँपालिकाको केन्द्र सोरुकोट वा कुलाहाँ कहाँ राख्ने भन्नेबारेमा विवाद भए पनि कृषि सेवा केन्द्रको भवनबारे कुनै विवाद थिएन । भवन बनेपछि गाउँपालिकाको केन्द्र कुलाहाँ नै बन्छ भन्ने आशंकाले निमार्णाधीन भवन भत्काइदिएको हुनसक्ने गाउँपालिकाले अनुमान गरेको छ । 

बन्दै गरेको भवन अज्ञात समूहले भत्काइदिएपछि सोको मुचुल्का गर्न कालै गाउँमा रहेको प्रहरी चौकीबाट आज प्रहरी घटनास्थलमा गएको प्रहरी कार्यालयले जनाएको छ । 

एक तला चार कोठाको भवन कूल रु २५ लाख लागतमा निर्माण हुँदै थियो भने झ्यालसम्म भित्ता निर्माण भएको थियो । घटनास्थल जिल्ला सदरमुकामबाट पाँच घण्टा पैदल उत्तर दिशामा रहेकाले सूचना ढिलो प्राप्त भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग