२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

ईप्रका भालुवाङ्गमा प्रहरी प्रमुखको स्वागत तथा बिदाई

१८ मंसिर २०७२, शुक्रबार १०:०८

सन्तोषकुमार गुप्ता/ मंसिर १८, भालुवाङ्ग । बिगतमा ईलाका प्रहरी कार्यालय भालुवाङ्गमा आउने प्रहरी प्रमुखहरुले प्रहरी रबैया मात्र देखाउने तर नागरिकहरु संग खुलमिल हुन नसक्दा शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति गर्न नपाएकाआज भालुवाङ्गमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् ।

ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुखहरुको स्वागत तथा बिदाई कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् । उनीहरुले बिदाई हुनु भएका प्रहरी प्रमुख कुँवरले जस्तै नागरिक संग हातेमालो गदै शान्ति सुरक्षा मात्र नभई समाजिक क्रियाकलापमा समेत नागरिकमैत्री आचारण अपनाउनु पर्ने बताएका थिए । साथै नागरिकले पुलिसी रबैया होईन नागरिकमैत्री प्रहरी खोजेको छ, यसो भए मात्र दिगो शान्ति सुरक्षा हुने बक्ताहरुको भनाई थियो ।
dang 1
ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मिनबहादुर कुँवरक्षेत्रीको अध्यक्षता एवम् सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङ्गका निमित्त गणपति मात्रिकाप्रसाद कोईरालाको प्रमुख आतिथ्यमा प्रहरी प्रमुखहरुको स्वागत तथा बिदाई गरिएको छ । ईप्रका भालुवाङ्गका प्रहरी प्रमुख कँुवरक्षेत्री हालै चितवनमा सरुवा भएको भन्दै बिदाई तथा महानगरीय प्रहरी परिषद् काठमाडौँ हनुमानढोकाबाट सरुवा भई आउनु भएका प्रहरी प्रमुख मदन केसीको स्वागत गरिएको हो । कुँवर गत साउन २ गते प्रहरी तालिम केन्द्र काठमाडौबाट ईप्रका भालुवाङ्गमा प्रहरी प्रमुखको रुपमा सरुवा भएर आउनु भएको थियो ।

प्रहरी प्रमुख कँवरको कात्र्तिक ३० गते जुनियर प्रहरी शिक्षालय भरतपुर चितवनमा सरुवा भएको छ । प्रहरी निरिक्षक कुँवर ईलाका प्रहरी कार्यालय भालुवाङको कार्यक्षेत्रमा आफ्नो १७ महिने कार्यकालमा नागरिक संग हातेमालो गदै शान्ति सुरक्षा कायम देखि भौतिक विकास निर्माणमा अतुलनिय योगदान पु¥याएको भन्दै उहाँलाई फुलमाला र मायाको चिनो सहित सम्मान तथा बिदाई गरिएको छ, भने भर्खरै सरुवा भएर आउनु भएका नयाँ प्रहरी प्रमुख मदन केसीलाई स्वागत समेत गरिएको छ ।
dang district

कार्यक्रममा बोल्ने बक्ताहरुले कार्यक्रममा नेपाली काँग्रेसका नुमानन्द सुवेदी, एमालेका शोभाकरण भुसाल, एमाओवादीका धर्मराज अधिकारी, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राष्ट्रिय जनमोर्चाका होमप्रसाद शर्मा, राप्रपाका आलिमोहम्मद मियाँ, राप्ती सार्वजानिक यातायात व्यवसाय समितीका प्रशासनिक सचिव नारायण न्यौपाने, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसी, सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाकी अध्यक्ष हिमाली न्यौपाने, सिसहनियाँका समाजसेवी तुलसीप्रसाद गौतम, पत्रकारद्धय सन्तोषकुमार गुप्ता र केशव बोहरा लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन प्रहरी साहायक निरिक्षक राजेन्द्रसिंह ठकुरीले गर्नु भएको थियो ।

dang

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली