३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बर्दिवास महोत्सव फागुन १६ देखि

१४ माघ २०७४, आईतवार ०६:३५

माघ १४, बर्दिवास | बर्दिवास नगरलाई व्यापारिक केन्द्रका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ बर्दिवास महोत्सवको आयोजना गरिने भएको छ । 

बर्दिवास उद्योग वाणिज्य संघले शनिबार पत्रकारसम्मेलन आयोजना गरी महोत्सव फागुन १६ देखि २६ गतेसम्म आयोजना हुने जनाएको छ । 

जिल्लाका विशिष्ट उत्पादनको पहिचान बढाउन, बजार विस्तार गर्न र बर्दिवासको व्यापारिक सम्भावनाबारे व्यापारी र उपभोक्तालाई विश्वस्त बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका महासचिब भवनाथ खतिवडाले बताउनुभयो । महोत्सवमा बर्दिवास क्षेत्रमा उत्पादन हुँदै आएका कृषि उपज खासगरी तरकारी र मसलाको प्रदर्शनी गरिने संघको तयारी छ । 

महोत्तरीको बर्दिवास नगर क्षेत्रका माईस्थानको परबल, बिजलपुरा र पशुपतिनगरको हरियो तरकारी र हाथिलेट क्षेत्रमा उत्पादित उखुको सख्खर स्वादमा विशिष्ट मानिन्छ । 

महोत्सवमा मुलुककै प्रसिद्ध कलाकारहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुति, कृषि मेला प्रदर्शनी र स्थानीय विभिन्न भाषाभाषीका सांस्कृतिक झाँकी प्रदर्शन गरिने कार्यक्रम छ । 

करिब रु ५० लाख खर्च हुने अनुमान गरिएको महोत्सव एक लाखभन्दा बढीले अवलोकन गर्ने संघले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन