२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन: निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्यामा न्यून वृद्धि

१४ माघ २०७४, आईतवार १०:००

माघ १४, चितवन | चितवन राष्ट्रिय निकुञ्ज भित्रने पर्यटकको संख्यामा आशातित् वृद्धि नभएको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको छ महिनामा गत आवको छ महिनामा भन्दा न्यून संख्याले मात्रै पर्यटक वृद्धि भएको पाइएको हो । 

निकुञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको छ महिनामा विदेशी ४६ हजार ७८९, सार्क मुलुकका सात हजार ४४ र नेपाली १३ हजार २९० गरी ६७ हजार १२३ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आवको सोही अवधिमा ६३ हजार ८०५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । गत आवको छ महिनामा भन्दा चालू आवको सोही अवधिमा तीन हजार ३१८ पर्यटक वृद्धि भएको हो 

चालु आवमा विदेशी ८७ हजार १९०, सार्कका १५ हजार ८७९ र नेपाली ३६ हजार ५६ गरी एक लाख ३९ हजार १२५ पर्यटक निकुञ्ज घुमेको तथ्यांकले देखाएको छ । 

आव २०७२÷७३ मा भने ५१ हजार ५९३ विदेशी, छ हजार ६०६ सार्क र ३० हजार ५९२ नेपाली गरी ८७ हजार ३९१ पर्यटकले निकुञ्ज घुमेको कार्यालयले जनाएको छ । 

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बाढीका कारण आशातीत पर्यटक निकुञ्ज नभित्रिएको बताउनुभयो । उहाँले गतवर्षको भदौमा मात्रै निकुञ्जमा छ हजार २३ पर्यटक भित्रिए पनि यसवर्षको भदौमा तीन हजार ८५९ पर्यटकमात्रै भित्रिएको बताउनुभयो । यस वर्षको साउन अन्तिम साता राप्ती र बूढी राप्तीमा बाढी आउँदा पर्यटकीय क्षेत्र सौराहाका अधिकांश होटल डुबानमा परेका थिए भने राप्ती किनारका रेष्टुरेन्ट बगाएका थिए । 

निकुञ्जमा चालू आवमा एक लाख ५० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको अर्यालले बताउनुभयो । सशस्त्र द्वन्द्वका बेलामा निकै घटेको पर्यटकको संख्या क्रमशः उकालो लाग्दै जाँदा २०७२ सालमा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण निकै प्रभावित भएको क्षेत्रीय होटल संघ जिल्ला अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । पछिल्लो समय नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारका कारण यातायात असहज हुँदा पनि पर्यटन क्षेत्र प्रभावित भएको उहाँले जानकारी दिनुभयो । 

बाढीको समयमा तत्काल आउने पर्यटक घटे पनि त्यसपछि आउने पर्यटकलाई भने कुनै प्रभाव नपरेको अध्यक्ष घिमिरेले बताउनुभयो । 

चितवनको पर्यटकीय क्षेत्र घुम्न आएर पनि निकुञ्ज प्रवेश नगर्ने पर्यटकको संख्या पनि उल्लेख्य हुने गर्छ । घिमिरेका अनुसार करिब ३० प्रतिशत पर्यटक सौराहा क्षेत्रमा आएर पनि निकुञ्जभित्र प्रवेश गरेका हुँदैनन् । दैनिक भ्रमण आउने विद्यार्थी, गोष्ठी, सेमिनारलगायत कार्यक्रममा आउने आन्तरिक पर्यटक निकुञ्ज प्रवेश नगर्ने गरेको पाइन्छ । जिल्ला हुँदै आवतजावत गर्ने व्यक्ति पनि एकरातका लागि सौराहा बस्ने गरे पनि उनीहरुले निकुञ्ज प्रवेशको कुनै पनि टिकट नकाट्ने हुँदा निकुञ्जको तथ्यांकमा समावेश हुँदैन । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै