2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा स्नातकोत्तर तहको पढाइ सुरु

माघ १५, म्याग्दी । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको पठनपाठन शुरु भएको छ । 

समुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले जिल्लामै पहिलोपटक स्नातकोत्तर तहको पठनपाठन शुरु गरेको हो । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीमा पहिलो वर्ष व्यवस्थापन संकायको कक्षा सञ्चालन गर्न अनुमति दिएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो । 

यसअघि म्याग्दीका विद्यार्थी स्नातकोत्तर तहको अध्ययनका लागि बागलुङ, पोखरा, चितवन र काठमाडौँ जानुपर्ने बाध्यता थियो । म्याग्दी क्याम्पसमा स्नातकोत्तर तहको पढाइ शुरु भएपछि म्याग्दीका साथै पर्वतको उत्तरी क्षेत्र र मुस्ताङका विद्यार्थीसमेत लाभान्वित हुने भएका छन् । 

स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि २०७३ कात्तिकमा महायज्ञ आयोजना गरेर रु दुई करोडभन्दा बढी आर्थिक स्रोत जुटाइएको थियो । २०४८ सालदेखि सञ्चालित क्याम्पसमा हालसम्म मानविकी, व्यवस्थापन र शिक्षा संकायमा कक्षा ११, १२ र स्नातक तहको पठनपाठन हँुदै आएको थियो । क्याम्पसमा एक हजारजना विद्यार्थी अध्ययनरत छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई