१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा ११औँ किराँत महोत्सव शुरु

१५ माघ २०७४, सोमबार ०३:४४

माघ १५, भद्रपुर । किराँत संस्कृतिको संरक्षण तथा सामाजिक एकताको सन्देश लिएर हरेक वर्षको उद्यौली पर्वका अवसरमा लगाइँदै आएको ११औँ किराँत महोत्सव भद्रपुरमा शुरु भएको छ । 

निर्माणाधीन किराँत सामुदायिक भवन निर्माण पूरा गराउन सहयोगार्थ हरेक वर्ष चल्दै आएको सो महोत्सव एक महिनासम्म चल्ने आयोजक किराँत कल्याण समितिले जानकारी दिएको छ । 

महोत्सवमा राष्ट्रिय कलाकारहरुले मनोरञ्जन दिने, विभिन्न किराँत सांस्कृतिक झलक प्रस्तुति दिने स्टल तथा खानाका परिकारसहित ११ स्टल रहेका छन् । 

मेला संयोजन समितिका संयोजक जीवन सुब्बाले दिएको जानकारीअनुसार पुस २७ गतेबाट शुरु भएको महोत्सव यही माघ २९ गते समापन हुनेछ । महोत्सवमा किराँत खानाका परिकार, सांस्कृतिक वेशभूषा, हातहतियार प्रदर्शन भइरहेको संयोजक सुब्बाले जानकारी दिनुभयो । 

भद्रपुर–८ का वडाध्यक्ष तथा किराँत कल्याण समितिका पूर्वअध्यक्ष गौरव सुब्बा (मनोज) का अनुसार सामाजिक एकता प्रदर्शन गर्दै जातीय पहिचानसहित किराँत संस्कृतिको संरक्षण गर्न महोत्सव फलदायी बन्नेछ । 

एघारौँ महोत्सवसम्म आइपुग्दा समितिले रु एक करोड २५ लाख खर्च गरेर तीनतले सुविधा सम्पन्न सामुदायिक भवन बनाउन सफल भएको जानकारी दिनुभयो । वडाध्यक्ष सुब्बाका अनुसार रु २५ लाख जति खर्च गर्न सके भवनको सम्पूर्ण निर्माण पूरा हुनेछ, जसका लागि महोत्सवको सहयोग लिइएको हो भन्नुभयो । 

किराँत कल्याण समितिकी अध्यक्ष सुमन राई भन्नुहुन्छ, “सुविधा सम्पन्न सामुदायिक भवनलाई पार्किङस्थल आवश्यक परेकाले भवनसित जोडिएको एक कट्ठा जग्गा खरिद गर्नैपर्ने बाध्यता छ, जसका लागि पनि महोत्सव रोज्नु परेको हो ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार