2026-08-26 03:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा दश वटा झोलुंगे पुल निर्माण हुँदै

माघ १५, इलाम | इलाममा चालू आवमा १० वटा झोलुंगे पुल निर्माण हुने भएका छन् । 

जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयको सहयोगमा निर्माण हुने झोलुंगे पुलमा इलामकै सुनगाभा विकास संस्था र धरानको टुेल ब्रिज सपोर्ट युनिट (टिबीएसयु)को प्राविधिक संलग्नता रहेको छ । 

सो पुलका लागि रु तीन करोड ७२ लाख ३७ हजार निकासा भएको छ । सुनगाभाका असिष्टेण्ट सव–इञ्जिनियर रोशन सुब्बाका अनुसार इलामका १० स्थानमा ती पुल बनाउन स्थानीयस्तरमा उपभोक्ता समिति गठन भइसकेका छन् । सव–इञ्जिनियर सुब्बाका अनुसार सूर्योदय र इलाम नगरपालिकामा एक÷एक वटा, सन्दकपुर गाउँपालिकामा तीन वटा, फाकफोकथुम र रोङ गाउँपालिकामा दुई÷दुई वटा तथा माइजोगमाई गाउँपालिकामा एउटा पुल निर्माण हुनेछन् । 

सूर्योदय नपाको गोर्खे र पशुपतिनगर जोड्ने मयुँ खोलामा मयुँघाट झोपु रु ३६ लाख ३४ हजारको लागतमा निर्माण हुनेछ । त्यस्तै इलाम नगरपालिका–३ को साविक पुवामझुवा गाविस वडा नम्बर ३ र ६ जोड्ने सानो पुवाखोलामा भागेटार झोलुंगे पुल रु २३ लाख १८ हजारमा निर्माण हुनेछन् । 

रोङ गाउँपालिकाको साविक इरौँटार गाविस र झापाको शान्तिनगर जोड्ने ठोट्ने टिमाइ खोलामा प्युरे झोपु रु ४५ लाख ७८ हजारमा निर्माण हुने भएको छ । त्यस्तै सन्दकपुर गाउँपालिकाको मावु र माईमझुवा जोड्ने माइखोलामा दुई स्थानमा (चौडा दोभान झोपु र लिम्बूबारी झोपु) निर्माण हुने भएका छन् । त्यहाँ चौडा दोभानका लागि रु २८ लाख ४८ हजार र लिम्बूबारीका लागि रु २६ लाख ५८ हजार बजेट छुट्टयाइएको छ । 

सन्दकपुर गापाकै साविक जमुना गाविस ३ र मावु गाविस ६ जोड्ने धुँवा खोलामा खुदी झोलुंगे पुल रु ३३ लाख १६ हजारको लागतमा निर्माण हुने भएको हो । यता फाकफोकथुम गाउँपालिकाको फुँएतप्पा र लुम्दे जोड्ने थावा खोलामा रिठ्ठाबोटे झोलुंगे पुल निर्माण हुने भएको छ । 

उक्त पुलका लागि रु ४० लाख ८२ हजार बजेट रहेको छ । त्यसैगरी साविक जोगमाई गाविस वडा नम्बर ६ को बीचमा पर्ने ठोट्ने खोलामा चैतेदोभान झोलुंगे पुल रु ४३ लाख ८४ हजारको लागतमा बन्ने भएको छ । 

रोङ गाउँपालिकाको साविक इरौँटार गाविस ६ र जिर्मले गाविस ९ जोड्ने तेलपानी खोलामा पनि पुल बन्नुभएको छ । रु ७१ लाख तीन हजारको लागतमा बन्ने उक्त पुल झोलुंगे नभएर सस्पेन्सन बृज हुने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव