३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा मानव अधिकार दिवस मनाईयो

२६ मंसिर २०७२, शनिबार १२:४३

सन्तोषकुमार गुप्ता/ मंसिर २६, भालुवाङ्ग । भारतले नेपाल माथि नाकाबन्दी लगाएर अन्र्तराष्ट्रिय मानव अधिकार हनन् गरेको तीन महिना बिति सक्दा पनि मानव अधिकारबादीहरुको प्रभावकारी भुमिका नरहेको बिहिबार लालमटियाको मौरीघाटमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

“हाम्रो अधिकार, हामी सबैको अधिकार” भन्ने मुल नाराका साथ जिल्ला मानव अधिकार कार्यालय दाङ्गको आयोजनामा भएको ६८ औँ अन्र्तराष्ट्रिय मानवअधिकार दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले भारत जस्तो छिमेकी मूलकले नाकाबन्दी लगाउँदा समेत अन्तर्राष्ट्रिय मानव अधिकारबादी संघ संस्थाहरु मौन बस्नु दुखको बिषय रहेको बताएका थिए । अघिपछि मानव अधिकारको ढ्याँग्रो बजाउने मानव अधिकारबादी कहाँ छन् बक्ताहरुले प्रतिप्रश्न गरे । उनीहरुले मानव अधिकार कागजमा मात्र सिमित भएको बताउँदै मानव अधिकारको रक्षाका लागि अधिकार माग्दा कर्तव्य पनि भुल्न नहुने बताएका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद महेश रिजालको अध्यक्षता एवम् ऐरावती आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल ज्वाईमाई गणका प्रहरी नायव उपरिक्षक श्याममणि ढकाल, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसी, नेपाली काँग्रेसका दुर्योधन पाण्डे, नेकपा एमालेका शोभाकर भुसाल, एमाओवादीका धर्मराज अधिकारी, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, थरुहट तराई पार्टीका सनिराम चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उच्च मावि मौरीघाटका प्रचार्य सिता रिजाल, सर्वोदय उच्च माविका सह—प्रचार्य गोबिन्दबहादुर केसी, पूर्व शिक्षक कृष्ण गिरी, लालमटिया युवा सञ्जालका अध्यक्ष प्रमोद पौडेल, पत्रकारद्धय सन्तोषकुमार गुप्ता, बिदुर एमसी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जमिर शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली