२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

तराई पहाड जोड्ने छोटो पहुँच मार्ग बन्यो

२०७४, १५ माघ सोमबार ०९:२४

माघ १५, धनकुटा | जोगवनीदेखि पूर्वी पहाड हुँदै छिमेकी मुलुक चीनसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको तमोर करिडोर मार्ग खोलिएसँगै यातायात सञ्चालनमा आउन थालेकाले स्थानीयवासी खुशी भएका छन् । 

तमोर नदी गड्तिरबाट गाडी चढ्न तीन घण्टा बढी पैदलदूरी यात्रा गरेरमात्र सम्भव हुने सो क्षेत्रमा यातायात सञ्चालन भएसँगै मानिसमात्र होइन स्थानीयस्तरमा उत्पादित कृषि उपजसमेत बजारसम्म पुर्याउन सहज भएकाले यहाँका बासिन्दा खुशी भएका स्थानीयवासी नरेन्द्र याख्खाले बताउनुभयो । 

हामीले सपनामा समेत नसोचेको घरछेउमा गाढी चढ्नमात्र होइन हाम्रो कृषि उपज पनि बजार पुग्ने भएका कारण तमोर नदी किनाराका बासिन्दाले निकै सहज महसुस गरेका छन् । पूर्वी पहाडका धनकुटा, पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लालाई तराईका बजार जोड्ने सबैभन्दा छोटो मार्ग तमोर करिडोरअन्तर्गत पाँचथरको फिदिमबजारदेखि धनकुटाको मुलघाटसम्म सवारी साधन सञ्चालनमा आएसँगै स्थानीयवासीले राहत महसुस गरेका छन् । 

धनकुटाको मूलघाटदेखि पाँचथरको सावाखोलासम्म ५२ किमी मार्ग खोल्ने काम पूरा भएसँगै पाँचथरको सदरमुकाम फिदिमदेखि तमोर करिडोर हुँदै तराईका विभिन्न जिल्लातर्फ दैनिक दर्जनभन्दा बढी साना सवारी साधन सञ्चालनमा आउन थालेका छन् । 

तमोर करिडोरमा यातायात सञ्चालन भएसँगै साना होटल व्यवसाय पनि सञ्चालनमा आएका छन् । यात्रुलाई सेवा दिने उद्देश्यले तमोर करिडोर विभिन्न क्षेत्रमा तीन दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । करिडोरमा नियमित रुपमा गाडी चल्न थालेपछि व्यापार व्यवसाय बढेको हंशमोरङका होटल व्यवसायीको रेणुदेवी दाहालले बताउनुभयो । 

यातायातका साधन सञ्चालनमा आएसँगै अहिले दैनिक उपभोग्य सामान गाउँसम्म पुर्याउन तथा गाउँमा उत्पादन भएको कृषिजन्य उत्पादनबजार लैजान पनि निकै सहज भएको स्थानीयवासी बताउँछन् । धनकुटाको मूलघाटबाट पाँचथरको माझीटार, ताप्लेजुङको सुकेटार र ओलाङ्चुङ्गोला हुँदै चीनको तीब्बतसँग जोड्ने लक्ष्यका साथ आयोजनाको काम भइरहेको आयोजना प्रमुख कुबेर नेपालीले बताउनुभयो । 

उहाँका अनुसार तमोर करिडोर अब बराहक्षेत्र हुँदै सुनसरीको चतरा जोड्ने ठेक्का सम्झौता एक महिनभित्र हुने र पाँचथरको सुवाङ खोलादेखि चतरा १४० किमी सडक हुने नेपाली बताउनुहुन्छ । नेपालीका अनुसार करिब रु ६५ करोड खर्चमा मूलघाट ताप्लेजुङ सडकखण्डमा काम भइरहेको छ । 

मेची पहाडको ताप्लेजुङबाट तराई पुग्न ८ देखि १० घण्टा र पाँचथरदेखि इलाम हुँदै तराईसम्म छ घण्टा लाग्ने अवस्था रहेकामा हाल तमोर करिडोर हुँदै तराई पुग्न ताप्लेजुङबाट चारदेखि पाँच घण्टामा तराईका जिल्ला पुग्न सकिने यातायात व्यवसायीको भनाइ छ । मेची राजमार्ग हुँदै तराई जानुभन्दा ५० प्रतिशत कम समय तमोर करिडोरमा लाग्ने भएकाले उपयुक्त र सहज पहुँचमार्ग बन्ने स्थानीयवासीको भनाइ रहेको छ । 

धनकुटाको मूलघाटदेखि तमोर करिडोर १८० किमी र मोरङको रानीभन्सारदेखि ताप्लेजुङ ओलाङ्चुङ्गोला हुँदै चीन जोड्न कूल २७० किमीसम्म उत्तर–दक्षिण सडक हुने आयोजनाका प्रमुख नेपालीले बताउनुभयो । यता तमोर करिडोरकै मूलघाट–चतरा ३३ किमी सडक मार्ग खोल्न बजेटसमेत विनियोजन भइसकेकाले चीन र भारत जोड्ने थप छोटो पहुँचमार्ग बन्नेसमेत निश्चित छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा