२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

२०७२, २७ मंसिर आईतवार ००:२०

सन्तोषकुमार गुप्ता । भालुवाङ्ग २७ मंसिर । नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनको २६ औँ स्थापना दिवसको अवसरपारी शनिबार गोबरडिहाको बड्हरामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

निजी क्षेत्रमा क्रियाशिल पाराभेटनरीहरुको भेलाले वि.सं. २०४७ सालमा स्थापना भएको एशोसनको स्थापना दिवस पारेर पत्येक बर्ष एशोसनले अधिराज्य भर बिकट गाउँहरुका पशु पालक किसानहरुको समस्यालाई एशोसनको जिल्ला कार्य समितीको आयोजनामा निशुल्क पुश स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा ३ हजार बढी गाई, भैसी, बाख्रा र भेडाहरुको उपचार गरिएको छ । जसमा १ हजार २ सय २५ गाई भैसीलाई चरचरे तथा भ्यागुते रोग बिरुद्धको भ्याक्सिन, ६ सय बाख्रालाई पिपिआर बिरुद्धको भ्याक्सिन, १ सय ५० बाख्रा तथा गोरुलाई बन्धाकरण, २ हजार २ सय २५ पशुहरुको स्वास्थ्य परिक्षण गरिएको नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनका दाङ्ग जिल्ला अध्यक्ष निमकुमार आचार्यले जानकारी दिए । शिविरमा छाला, बाझोपन र प्रजनन् सम्बन्धी समस्या देखिएको अध्यक्ष आचार्यले बताए । शिविरमा ४० जना बढी निजी तथा सरकारी पशु प्राविधिकहरुको सहभागिता रहेको थियो । जसमा राप्ती प्राविधिक शिक्षालय कृषि विभाग प्रमुख डा. राजु भुसालको नेतृत्वमा ३२ जना जुनियर पशु प्राविधिकहरुको समेत सहभागिता रहेको थियो । शिविरबाट उक्त गाउँका २ सय बढी पशुपालक किसानहरु प्रत्यक्ष लाभन्दित भएका छन् । बड्हराका पशुपालक किसानहरु आफ्ना पशुचौपायको उपचारका लागि कि त लमही कि त भालुवाङ्ग आउनु पर्ने बाध्यता रहेको किसानहरुको भनाई छ । गाउँमै पशु प्राविधिकहरुले निशुल्क स्वास्थ्य शिविर चलाएको त्यहाँका किसानहरु उत्साहित भएका थिए ।

नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनका दाङ्ग जिल्ला अध्यक्ष निमकुमार आचार्यको अध्यक्षता एवम् गोबरडिहा गाविसका लेखापाल कुलबहादुर कुमालको प्रमुख आतिथ्यमा भएको शिविर उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले निजी तथा सरकारी स्तरका पशु प्राविधिकहरुले एकै थलोबाट किसानहरुलाइृ सेवा प्रभाव गर्नु अत्यन्तै सकरात्मक कार्य भएको भन्दै प्रशंसा समेत गरेका थिए । नेब्लाका केन्द्रिय प्रचार विभाग सह—ईन्चार्ज हेमराज आचार्यको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको कार्यक्रममा राप्ती प्राविधिक शिक्षालय कृषि विभाग प्रमुख डा. राजु भुसाल, कुलपानी सामुदायिक वन उपभोक्ता समूहका सचिव नवराज शर्मा, पत्रकार सन्तोषकुमार गुप्ता, पशु प्राविधिकहरु अन्नत रेग्मी, रामप्रसाद चौधरी, खेम चौधरी र शिवराज न्यौपाने लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेब्लाका देउखुरी क्षेत्रिय समितीका सह—सचिव कृष्ण बिष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन