Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ १६ गते, बिहान ११:०३ बजे बैतडी - BTD, समाज

बैतडीमा ढुंगाले च्यापेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १६, बैतडी | ढुंगाले च्यापेर बैतडीको सुर्नया गाउँपालिकामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

मृत्यु हुने सुर्नया गाउँपालिका–४ नेडालेक बस्ने रामसिंह महराकी ३३ वर्षीया श्रीमती राजु महरा रहेको वडा सदस्य हरिसिंह महराले जानकारी दिनुभयो ।

घर नजिकै रहेको ढुंगा खानीमा ढुंगा निकाल्ने क्रममा माथिबाट एक्कासि आएको ढुंगाले सोमबार बेलुका राजुको घटनास्थलमै मृत्यु भएको हो भने राजुका श्रीमान् घाइते भएका छन् ।

सोमबार बेलुका ५ बजेतिर ढुंगाले च्यापिएकी राजुको शव राति ८ बजेमात्रै स्थानीयको सहयोगमा निकालिएको हो । महरा दम्पती सोमबार घर निर्माणका लागि ढुंगा निकालिरहेका बताइएको छ । रासस