2026-09-03 06:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

उपचारको जोहो गर्दै दलित दम्पती

टेकबहादुर शाही/माघ १६, डोल्पा । डोल्पाका एक दलित परिबार छोराको उपचारको लागी चन्दा संकलन गरिरहेका छन । 

ठुलीभेरी नगरपालीका वडा नं ९ मोतीपुरका मनराज नेपालीको १५ बर्षको छोरा धनराज नेपालीको खुट्टको उपचारको लागि यो दलित परिवार चन्दा संकलनमा लागेका हुन ।

धनराजको खुट्टामा समान्य समस्या देखियो उपचार गर्दा गर्दै झनै ठुलो समस्या उत्पन्न भएको नेपाली दम्पतीले बताए । उनीहरुका अनुसार जिल्ला अष्पताल डोल्पामा उपचारको लागी ल्याएका बालकाको चेक जाच पाछी बायाँ खुट्टा अति संक्रमण भएको जिल्ला अष्पतालले जनाएको बताए । 

अस्पतालले समान्य उपचारले नहुने भने पछि थप उपचारको लागि ठुलो अस्पतालमा लैजान सुझाव दिएको मनराज नेपालीले बताए । उनि भन्छन आफुसंग रुपैया छैन सबैलाइ सहयोग मागेर छोराको उपचार गर्न पाए ढुक्कसंग मर्ने थियौ ।

धनराजको तत्काल राम्रोसंग उपचार गर्नु पर्ने जिल्ला अस्पताल डोल्पाले गर्न नसक्ने जिल्ला अस्पताल डोल्पाका डक्टर हिम बिक्रम शाहीले बताए । उनका अनुसार तत्काल ठुला अस्पातलमा लगेर धनराजको बाया खुट्टाको हड्डीको सल्यक्रिया नगरे झनै ठुलो समस्या अउने बताए । खुट्टामा संक्रमण बढ्दै गएकोले धनराजको बाया खुट्टाबाट रगत र पिप बग्ने गरेको छ ।  

एक त दलित परिबार बिहान बेलुका खान कठिन छ त्यसै माथि पनि छोराको अबस्था दैनिक नाजुक बन्दै गएके भन्दै नेपाली दम्पती चिन्तीत भएका छन । धनराजको उपचारको लागि लाखौ रुपैया लाग्ने भएकोले रातदिन लागेर चन्दा मागेर भए पनि सास रहुन्जेल सम्म आसा मानेर उपचार गर्ने नेपाली दम्पतीको झिनो आसा बाकि नै रहेको छ । 

छोराको घाउ झनै गहिरो हुदैछ तर खर्च जुटाउन सकेका छैनौ सबैले सहयोग गरिदिए छोरो बचाउने सपना पूरा हुने भन्दै सदरमुकाम दुनैका घरघर र कार्यालयहरुमा गुहार मागि रहेका छन । 

दलित भएकै कारण पनि सहजता छैन राज्यको कुनै निकायले हाम्रो दुख देख्दैन उनिहरु निरासा ब्यक्त गर्छन । चुनावको बेलामा घरमा आएर ठुलाठुला सपना देखाउने जनप्रतिनिधिले अहिले आफुलाइ दुख पर्दा भने फर्केर पनि नहेर्ने गरेको गुनासो पोखेका छन । 

स्थानीय तहको सरकारबाछ केहि पहल भए छोराको उपचारमा केहि राहात पुग्ने आसा गरेको भए पनि कसैले आफना दुख नसुनिदिएको उनिहरुको दुखेसो रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही