2026-09-03 11:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

सम्झीएनन् सहिदलाई राजनितिक दलहरुले !

टेकबहादुर शाही | माघ १७, डोल्पा । डोल्पा जिल्लामा कुनै पनि राजनितिक दलले सहिदालइ सम्झन सकेनन् । सहिद दिवसको अबसरमा अघिल्ला बर्षहरुमा बिभिन्न कार्यक्रमरु हुने भए पनि यस बर्ष भने सहिदलाइ सम्झने कुनै पनि कार्यक्रमहरु गरिएनन् । 

देश र जनताका लागि आफनो प्राण त्यागेका सहिदलाई दविसका अबसरमा सम्झन पनि नसक्नु निकै दुखद कुरा भएको नेपाल पत्रकार महासंघका अध्यक्ष बबिकिशोर गूरुङले बताए । उनका अनुसार बिभिन्न काल खण्डमा सहिदहरुले दिएको बलिदानीले नै देशमा जनताले आमूल परिवर्तन पाएको बताए । 

जिल्लामा क्रियाशिल आधा दर्जन राजनितिक दलहरु भए पनि सहिद दिवसमा सहिदका सम्झनामा पुष्पगुच्छा, माला र अब्बिर सम्मको कार्यक्रम आयोजना गर्न नसक्नु निकै लज्जासपद भएको नागरिकहरु बताउछन् । सहिदका भरमा राजनिति गर्ने तर एक दिन दिवसको अबसरमा सम्झन पनि नसक्नुले सहितको अपमान गरेको नागरिकहरुको भनाइ रहेको छ । 

स्थानीय सरकार बने पछि सबैलाइ आ–आफनै राजनिति र आफनै सरकारको चिन्ता रहेको छ । जिल्लामा दलका सामान्य कार्यकर्ता र खाली पार्टि कार्यालय बाहेक अन्य कुनै पनि नेर्तत्व तहका नेता तथा कार्यकर्ताहरु जिल्लामा छैनन । सबै दलका नेता तथा कार्यकर्ताहरु शहर तिर नै रहेका छन । 

देशभरका सयौ सहिद र जनयूद्धमा डोल्पाका पहिला सहिद नन्दप्रसाद न्यौपाने लगायत अन्य दर्जनौ सहिद भए पनि कसैको सम्झना डोल्पाली जनता र नेताहरुले गर्न सकेनन । सामाजिक सञ्जालमा बिभिन्न ब्यक्तित्वहरुले बिभिन्न खाले भाषामा सहिदको सम्झना गरे पनि औपचारिक रुपमा भने सम्झन नसक्नुले सहिदको रगतको अपमान गरिएको धेरै नागरिकको आरोप छ । 

नेपालमा भएका बिभिन्न काल खण्डका आन्दोलनमा ज्यान बदिदान दिने सहिदलाइ जनताले पनि सम्झीनु पर्ने नागरिक अगुवाहरु बताउछन । जनताकै लागि बलिदानी दिएको भए पनि नेतृत्वमा राजनितिकि दल नै रहने भएकोले जिल्लामा सामान्य कार्यक्रम सम्म गरी सहिदलाइ सम्झनु पर्ने उनिहरुले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट