2026-09-08 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

जाडो छल्न रारा आउँदै पाहुना चरा

दान बहादुर बुढा | माघ १७, मुगु | हिउँद सुरु भए यता विश्वका विभिन्न स्थानबाट जाडो छल्न पाहुना चरा रारा आउन थालेका छन ।

हिउँदको समयमा साईवेरिया युरोप मानसोरवार तिर अत्याधिक जाडो हुने भएकाले हरेक वर्ष ति क्षेत्रबाट जाडो छल्न हाँसहरु रारा आउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हरेक वर्ष कार्तिक अन्त्य देखि माघसम्म हजारौको संख्यामा पाहुना चरा रारा आउने गरेको कार्यालयको भनाई छ । जाडो छल्न रारा पुगेका यि चराहरु चैत्र अन्तिम तिर मात्र फर्किने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कार्यालय प्रमुख चन्द्रशेखर चौधरीले बताए ।

 चौधरीका अनुसार अहिलेसम्म छ सय जति पाहुना चरा रारामा आई पुगेका छन भने चरा आउने क्रम पनि जारी रहेको छ । अहिले रारामा कमन कुड, युरेसियन युगेन, ग्रागेनी, कमन पचाड, टप्टेड डग लगयत प्रजातीका हाँसहरु देखिन थालेको कार्यालयको भनाई छ । वारहेडेड गुज नामक सानो र ठुलो प्रजातीको हाँस केही ढिलो गरि आउने गर्दछ । रारा तालमा पानी नजम्ने भएकाले पनि वर्षेनी पानीमा बस्ने प्रजातीका चराहरु रारा आउने गर्दछन ।

रारा तालमा पानिमा खेल्र्ने जल चरा जलेउवा, हाँस, करेङ्ककुरुङ्ग  बाहेक अन्य बनमा पाइृने बिभिन्न प्रजातिका कालीज, काडेभ्याकुर, ढुकुर, मुनाल, डाँफे, भ्याकुर, चिरकालीज, लगाएतका हजारौँ प्रजातिका चराहरुले झन राराको शोभा बढाएको छ ।

तश्विर: दान बहादुर बुढा | साझा सबाल/मुगु 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल