Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीको मलंगवामा एकै रातमा ५ वटा पसलमा चोरी, व्यापारीद्वारा बजार बन्द

२०७४, १७ माघ बुधबार ०२:०४

माघ १७, सर्लाही | सर्लाही सदरमुकाम मलंगवामा चोरीका घटना बढेका छन् | सोमवार राती मात्रै सदरमुकाम मलंगवा स्थित बाल मन्दिर चौकमा ५ वटा पसलमा चोरी भएको छ |

उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष ईश्वर गुप्ताका अनुसार विभिन्न व्यापारीले सञ्चालन गरिरहेका हार्डवेयर, कस्मेटिक, जुत्ता, किताब र फेन्सी पसलमा चोरी भएको हो | जिल्ला प्रहरी कार्यालय नजिकै मुख्य बजार क्षेत्रबाट लाखौँको धनमाल चोरी भएपछि स्थानीय व्यापारी त्रसित भएका छन् |

शान्ति सुरक्षाको माग गर्दै बिहान केहीबेर व्यापारीहरुले मलंगवामा सबै व्यापार व्यवसायी बन्द गरेका थिए | प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल र प्रहरी प्रमुख मसउद आलम खाँले चोरी नियन्त्रणका लागि गस्ती बढाउने तथा चोरीमा संलग्नहरुलाई एक–दुई दिन भित्रै पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि बन्द खुलेको छ |

मलंगवामा पछिल्लो समय श्रृङखलावद्ध रुपमा चोरीका घटना बढेको व्यापारीहरुले बताएका छन् | सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले सोमवार राती भएको चोरीका घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जानकारी दिए | चोरी भएका सर–सामान बारे विवरण संकलन गर्ने काम भैरहेको प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ