Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

शारीरिक रुपले विक्षिप्त भएपनि मानसिक रुपले कुसल छु – बिनोदकुमार श्रेष्ठ

२०७४, १७ माघ बुधबार ०३:२३

प्रिय साथीहरु !!

अभिबादन !!

म शारीरिक रुपले विक्षिप्त भएपनि मानसिक रुपले कुसल छु र तपाईहरुमा पनि कुशलताको हार्दिक आसा राख्दछु !

साथीहरु !!

जब म मेडिकेयर, स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र जोरपाटीको बसाई हुदै २०६४ असोजमा घर फर्किए त्यसपछि मलाई के के भयो, मैले के के गरे, के के गरिन ती सब लेख्न असमर्थ छु कारण ती सम्झदानै मेरो मन सिरिङ्ग हुन्छ । बिस्तारै मैले आफुलाई कुहिरोमा हराएको काग जस्तै भेटाए । आझ लगभग १० बर्ष बितेछ । उहीँ पुरानो अतितमा पुगे जब मैले मेरो ढाडकाे अपरेसन गर्नुहुने डाक्टर मोहनराज शर्मा भेट्न पाए ।

तर साथीहरु !! 

अचेल म बदलिएको छु । हामीले परिबर्तनलाई स्वीकार गर्नुपर्ने रहेछ। यो नकार्न नसकिने कुरा हो , संसारलाई यति रमाइलो र सुबिधाजनक बनाएको पनि परिबर्तन ले नै हो ।हामीलाई थाहै छ एक दिन त हामी सबैले यो धर्तिबाट बिदा लिनु पर्दछ तर पनि हामी मृत्यु देखि डरै रहेका छौ । हामी ठान्छौ हाम्रो सन्तति वा जीवन साथी हामी बिना बाच्न सक्दैनन् तर सत्य केहो भने उनीहरु मध्ये कोहि पनि तपाई संगै मर्नेवाला छैनन्। तपाइको अवसानले केहि दिन उनीहरुलाई निरास तुल्याउन सक्छ तर उनीहरु मरिहाल्दैनन । समयले तिनीहरुलाई निरासाबाट मुक्ति दिन्छ अन्तत उनीहरु निरासाबाट आफ्नो गन्तभ्य पथमा अघि बद्छन ।


साथीहरु !! 

दुनिया कुनै पनि यस्तो छैन जसले सम्पूर्ण इच्छा पुरा गर्न सकोस वा जसले मन ले जे चिताए पनि सुख प्राप्त गर्न सकोस । सुख दुख पाउनु भनेको समयको अधिनमा छ । व्यक्तिको अधिनमा होइन। यस संसारमा जन्मलाई मृत्युले जवानीलाई बुढाले सन्तोषलाई असन्तोषले निरोगिलाई रोगले ग्रस्त गरेको छ मानिसका स्वास्थ्यलाई आनेकौ रोग र पीडाले दुखः दिन्छ । यो हाम्रो सरिर पनि अनित्य छ धन पनि स्थिर छैन मृत्यु सधै नजिकै छ । हामीले बितिसकेको बस्तु र कुराहरुको सोच गर्नु हुदैन । भबिस्यमा कस्तो आइपर्छ वा के होला भन्ने चिन्ता पनि लिनु हुदैन। हामीले जुन समयमा जस्तो समस्या आइपर्छ तेस्तै बेहोर्नु पर्दछ । वर्तमान र समय अनुसार चल्न सिक्नु पर्दछ । जे चिज आफ्नो बसमा हुदैन तेसका लागि दुखि नभई सन्तोष लिनु पर्दछ । मानिसले इच्क्षा गर्यो , चाहना राख्यो, संकल्प गर्यो भने संसारमा असम्भब भन्ने कुरा कुनै छैन । अरुलाई नियन्त्रण गर्न पक्कै गार्हो हुन्छ तर आफुलाई नियन्त्रण गर्न कुनै मुस्किल हुदैन । दृढतामा सफलता हुन्छ , शक्तिसाली सोचमा सफलता हुन्छ । त्यसकारण अगाडी बढ्ने प्रयास गर्नुहोस ।।

अन्तमा साथीहरु !! 

आफुलाई यति दह्रो बनाउनुसहोस् कि कुनैपनि कुराले तपाइको सान्तिलाई नबिथलोस, जो संग भेट्दापनि स्वस्थ , सुख र सम्पन्नताको कुरा मात्र गर्नुहोस। आफ्नो साथीलाई तपाई उनीहरुको खुबीको मात्र प्रसंसा गर्नुहुन्छ भन्ने महसुस गराउनुहोस् । प्रत्येक बस्तुको उज्यालो पक्षलाई मात्र हेर्नुहोस । राम्रो मात्रै सोच्नुहोस ! राम्रोको लागि मात्रै काम गर्नुहोस र राम्रोको आसा राख्नुहोस। अरुको सफलतामा उतिकै उत्साही बन्नुहोस तपाई आफ्नोमा बन्ने गर्नुहुन्छ। बितेको बिगत र गल्तीहरुलाई विर्सनुहोस र भबिस्यका सुन्दर प्राप्तिहरुमा यौटै ध्यान लगाउनुहोस । सबै सँग हसिलो मुस्कान बाड्नुहोस  राम्रोको लागि यति समय खर्चानुहोस कि चिन्ताले नसतावस , यति उदार बन्नुहोस कि रिस नआओस ।

उहीँ तपाईहरुको साथी 

बिनोदकुमार श्रेष्ठ 

सिमा पार्टी प्यालेस बसुन्धरा । २०७४/१०/१७


(नाेट : रामेछाप जिल्ला घर भएका  बिनोदकुमार श्रेष्ठले अभिव्यक्त गर्नुभएको मर्मस्पर्शी लेख निजी विचारहरु हुन् जुन सम्पादन गरिएको छैन )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश