२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा शहीद लखन थापाको शालिक निर्माण गरिने

१७ माघ २०७४, बुधबार ०३:४६

माघ १७, नवलपरासी । शहीद क्याप्टेन लखन थापा मगरको स्मृतिमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) कावासोती–१ हात्तीखोरमा रहेको पोखरीताल पिक्निकस्थलमा शालिक निर्माण कार्य शुरु गरिएको छ । 

शहीद दिवसका अवसरमा मंगलबार आयोजित एक कार्यक्रमबीच शालिकको शिलान्यास गरिएको हो । लखन थापामगर शालिक निर्माण मूल समितिका संयोजक एवं प्रदेश सभा सदस्य रोशनबहादुर गाहाको संयोजकत्वमा शालिक निर्माणका लागि शिलान्यास गरिएको थियो । 


शालिक निर्माण समितिका संयोजक एवं प्रदश सभा सदस्य गाहाले प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यान आहुति दिने सम्पूर्ण शहीदलाई राष्ट्रले यथोचित सम्मान गर्न नसकेको गुनासो गर्नुहुँदै शहिदको बलिदानका कारण आज यस देशमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र स्थापना हुन सफल भएको बताउनुभयो । 

यसैगरी, सांसद गाहाले नेपाली जनतालाई न्यायको पाटोमा उभ्याउनका लागि र देश परिवर्तनका लागि प्रथम शहीद लखन थापाको योगदान सबैलाइ स्मरणीय रहोस् भन्ने उद्देश्यसहित प्रथम शहीद लखन थापा मगरको शालिक निर्माण गर्न लागिएको बताउनुभयो । 

महाराजा सामुदायिक वनअन्तर्गत रहेको पोखरीताल पिक्निक स्पटमा निर्माण गर्न लागिएको प्रथम शहीद लखन थापाको शालिक एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएकोसमेत संयोजक गाहाले जानकारी दिनुभयो । 

शहीद लखन थापा मगरको जन्म विसं १८९१ मा हालको गोरखा जिल्ला, बुङकोट–४ को काहुले भङ्गार (भञ्ज्याङ) मा भएको थियो । १९३३ फागुन २ गते उनलाई जंगबहादुर राणाले मृत्युदण्ड दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य