2026-09-19 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको पञ्चकन्या मन्दिर संरक्षणको अभावमा जीर्ण

माघ १७, नुवाकोट | यहाँस्थित पञ्चकन्या मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । 
मन्दिर कहिले निर्माण भएको भनेर यकिनका साथ भन्न नसकिए पनि विभिन्न चाडपर्व तथा शुभकार्यमा उक्त परिसरमा रहेका विभिन्न देवदेवीको पूजा गर्ने प्रचलन छ । डाँडामा रहेको उक्त मन्दिरको छानाको जस्ता चुहिने समस्या छ भने पर्खाल पनि जीर्ण बन्दै गएकाले चाँडो मर्मत गर्नुपर्ने देखिन्छ । लामो समयदेखि स्थानीय तहमा जनप्रतिनिधि नभएको हुँदा पनि यसको उचित व्यवस्थापन र संरक्षण हुन नसकेको स्थानीयवासी टेकबहादुर भण्डारीले बताउनुभयो । 
मन्दिर परिसरमा धनेश्वर महादेव, रणगम्भेश्वरी, तीनकन्या, बालकन्यालाई फूल, अक्षता र गाईको दूध चढाउने गरिन्छ भने सात कन्यालाई पञ्चबलि चढाइन्छ । 
प्रत्येक देवताका पूजा विधिलाई प्रक्रिया मिलाएर गरेमा मनोकाङ्क्षा पूरा हुने र विधि पूरा गर्न नसकिएमा अनिष्ट हुने जनविश्वास रहेको पञ्चकन्या–३ का पूर्व वडाअध्यक्ष राम थापाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई