Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ १७ गते, दिउँसो १२:३८ बजे चितवन - CTW, समाज

युनियनको अधिवेशन माघ १९ गतेबाट भरतपुरमा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १७, चितवन | अस्पताल विकास समिति कर्मचारी युनियन केन्द्रीय समितिको तेस्रो महाधिवेशन यही माघ १९ गतेबाट २१ गतेसम्म भरतपुरमा हुने भएको छ ।

युनियनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विधान संशोधन गर्दै संघीय ढाँचामा नयाँ कार्यसमिति चयन गर्ने जनाएको हो ।

युनियनका कार्यवाहक अध्यक्ष सञ्जय बरालले देशभरमा ६५ वटा अस्पताल विकास समिति रहेकामा हालसम्म ३५ वटा विकास समितिका कर्मचारी युनियनमा समेटिएको बताउनुभयो । सबै अस्पताल विकास समितिका कर्मचारीलाई समेट्ने गरी यो महाधिवेशन सम्पन्न गर्न लागिएको उहाँले बताउनुभयो ।

अस्पताल विकास समितिमा ३५ हजार कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सक रहेको भन्दै उहाँले उनीहरुलाई उचित स्थानमा समायोजन गर्नुपर्ने मुख्य एजेण्डा रहेको बताउनुभयो । बरालका अनुसार करिब एक हजार ३०० कर्मचारी विकास समितिको स्थायी छन् भने अरु सबै करारमा रहेका छन् । रासस