Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ १७ गते, दिउँसो १:५८ बजे चितवन - CTW, समाज

चितवनमा ६ महिनामा १७ गैँडा मरे

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चितवन, १७ माघ | चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा कालगतिबाट १७ वटा गैँडा मरेका छन् । तीमध्ये दुई बच्चासहित चार गैँडा बाढीका कारण मरेका हुन् ।

शून्य चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

निकुञ्ज क्षेत्रमा तीन र वन क्षेत्रमा एक गरी चार गैंडा बाढीका कारण मरेका हुन । अर्यालकाअनुसार बाढीले दुईवटा र बाघले खाएर एउटा बच्चा मरेका छन् ।

५० वर्ष आयु हुने भए पनि ३० वर्ष कटेपछि गैंडा कमजोर हँुदै जाने गर्दछ । बुढो भएर मरेका अधिकांश गैँडा ३०÷३५ वर्ष कटेका रहेका छन् । गत आर्थिक वर्षमा कालगतिले २५ वटा गैँडा मरेका थिए ।

सन् २०१५ मा गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा ६ सय ५ वटा गैँडा रहेका थिए । सो पश्चात बर्दिया राष्ट्रिय निकुञ्जमा ८ वटा र शुक्लाफाँटामा पाँचवटा गैँडा स्थानान्तरण गरिएको छ ।

गएको साउनको अन्तिम साता आएको बाढीका कारण बगाएका १० वटा गैँडाको उद्धार गरिएको थियो । त्यतिबेला बाढीले घाँसेमैदान नष्ट गरेपछि निकुञ्जमा रहेका गैँडा समस्यामा परेका थिए । रासस