२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्द्रौटा महोत्सव सुरु, कृषि पर्यटनको विकाशमा जोड

२०७४, १७ माघ बुधबार १५:५६

माधव बेल्वासे | माघ १७, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटा माघ १७ गते २८ गते सम्म हुन लागीरहेको चौथो चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सव सुरु भएको छ । कृषि पर्यटन र औधोगीक विकास हाम्रो अभियान,आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने नारा सहित चन्द्रौटामा चौथो पटक मेला सरु भएको हो ।

चन्द्रौटा उधोग वाणिज्य संघको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका धार्मीक एव प्रर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रर्वद्धनमा सहयोग पुग्ने संघका अध्यक्ष अलीले वताए । यसपालीको महोत्सवमा शिवगढी ,सोनोवागढ ,मयादेवी लगाएतका मन्दीर तथा एतिहासीक मस्जीदको नमुना निर्माण गरि प्रस्तुत गरिएको आयोजक सस्थाका अध्यक्ष जमसेर अलीले वताए ।

त्यस्तै कार्यक्रमा वोल्दै उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले मेला महोत्सवले उद्योगीक क्षेत्रको विकाश गर्ने वताए । नेपालमा मेला महोत्सव आयोजना गर्दा व्यापारीहरुको समृद्धी सगै कृर्षि तथा पर्यटन क्षेत्रको पनि प्रवद्धन भइरहेको वताए ।कपिलवस्तु जिल्ला एक पर्यटकिय जिल्ला रहेकोले यस कृषि तथा पर्यटकीय क्षेत्रको प्रवद्धन गर्न सकेमा मात्र यो क्षेत्रको विकाश हुने वताए । 

ढकाले राजनितिकको कारण उद्योगी तथा व्यावसायलाई ठुलो मार परेको वताए । राजनितिक अस्थिरताको कारण देशमा वन्द हडताल ले गर्दा व्यावासय तथा व्यापारिहरु संकटमा परेको जोड दिए ।कृषिलाई व्यावसायिकरण कृषिजन्य वस्तुको माध्यमवाट नेपालीहरुलाई रोजगारीको सिर्जना गरी आर्थिक क्रन्तीमा लाग्नुपर्ने वताए ।प्रदेश सभा सदस्य अर्जुन केसीले महोत्सव एक रमाइलो मात्र नरहेकोले यस महोत्सवमा कृषि तथा पर्यटनलाई प्रथमिकता दिएकोमा धन्यवाद दिए ।कृषिलाई आधुनिकीकरण गरी रोजगारीको सृजना गर्न सकेमा युवालाई वैदेशिक जानवाट रोक्न सकिने दावी गरे । 


महोत्सवमा कृषिजन्य पर्दार्थ, पर्यटकीय स्थलहरुको प्रचार प्रसार वुद्ध परिपथ , स्थानीय उत्पादनको प्रर्दशनी , राष्टिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने मुल आयोजक समितिका संयोजक जमसेर अली मियाले वताए । महोत्सवमा यसवर्ष आंखाको आंखी भौवाट दुई ओटा सम्म कुर्ची उचाल्ने , शरीर माथी गाडी चढाउने , कपालले गाडी तान्ने लगाएतका कला भएका व्यक्तिको कलाकारीता हेर्नै वसर पनि मिल्ने आयोजकको भनाई रहेको छ । मेलामा २४० वटा स्टलहरु राखिएको आयोजकले जनाएको छ । महोत्सवमा १० करोडको कारोवार हुने र १ लाख भन्दा वढी दर्शकहरुले अवलोक गर्ने विश्वास रहेको आयोजक सस्थाका अध्यक्ष अलिले वताए ।

महोत्सवलाई सव्य भव्य रुपमा सम्पन्न गराउनको लागी विभिन्न समिति उपसमिति गठन गरी मेला अवधि भर ति समितिले पुर्ण रुपमा आफ्नो जिम्मेवारलाई पुरा गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने