2026-09-12 10:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बारामा हतियार लुट्ने पक्राउ

माघ १७, बारा | गत वैशाख ११ गते प्रहरीमाथि आक्रमण गरी प्रहरीको हतियार लुट्ने कलैया उपमहानगरपालिका–१२ धर्मनगरका फुलेना साह गोढलार्ई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

विगन साह र फुलेना साहको नेतृत्वमा रहेका ३०–३५ जना तस्करको समूहले प्रहरीमाथि आक्रमण गरी प्रहरीको शटगन लुटेर लगेका थिए । धर्मनगरस्थित नेपाल इँटा उद्योग छेउमै तस्करीको मालसामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रहरी प्रमुख भुवनेश्वर साहले जानकारी दिनुभयो । 

तस्करको आक्रमणमा परी जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार शेख मसरुल, प्रहरी जवान चन्देश्वर सिंह, अर्का प्रहरी जवान जगमोहन राउत घाइते समेत भएको पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो । 

त्यसैगरी, आज महागढीमाई–६ बबुआइन नजिकैको सडकबाट भन्सार छली ल्याइएको बीआर ०५ टी ६५१०, बीआर ०५ डी ९०४१, ग ४ प १३०८ र ना ३ प ३९१६ नम्बरका चार थान मोटरसाइकल र त्यसमा लोड गरिएको सूर्तीको आठ बोरा धुलोसहित तीन जनालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा सुवर्ण गाउँपालिका–३ का भुलेन्द्र यादव, रामविश्वास यादव र शेषनाथ साह छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन