३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नेपाल पत्रकार महासंघ दाङको २३ औं स्थापना दिवस

२९ मंसिर २०७२, मंगलवार ०२:४१

patrakaar mahasangh logoसन्तोषकुमार गुप्ता/मङ्सिर २९, दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाद्वारा गठित प्रतिभा छनौट समितिले आफ्नो २३ औँ स्थापना दिवसको अवसरमा पुरस्कृत तथा सम्मान गर्नका लागि पत्रकारहरुको नाम महासंघलाई सिफारिस गरेको छ ।

प्रतिभा छनौट समितिको सोमबार घोराहीमा बसेको बैठकले चार जना पत्रकारलाई पुरस्कृत गर्न, दुई जना पत्रकारका साथै महासंघमा पुरस्कार अक्षयकोष स्थापना गर्ने सबै संस्थापकहरुलाई सम्मान गर्न सिफारिस गरेको हो ।

महासंघका अध्यक्ष तथा प्रतिभा छनौट समितिका संयोजक सुदीप गौतमको अध्यक्षता एवम् महासंघका केन्द्रीय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यमा बसेको बैठकले अविराम पत्रकारिता पुरस्कार अग्रज पत्रकार सुशील गौतमलाई, वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार दशरथ घिमिरेलाई, महिला सिर्जनशील पत्रकारिता पुरस्कार सपना बोहरालाई र विशेष प्रोत्साहन पत्रकारिता पुरस्कार पत्रकार निशानदाजु भट्टराईलाई प्रदान गर्न महासंघलाई सिफारिस गरेको समितिका संयोजक सुदीप गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार बैठकले अग्रज पत्रकार रामप्रसाद पौडेल र निमबहादुर थापाका साथै नेपाल पत्रकार महासंघ दाङ शाखामा पुरस्कार अक्षयकोष स्थापना गर्ने पुरस्कार संस्थापकहरुलाई पनि सम्मान गर्न सिफारिस गरेको छ ।

महासंघमा हालसम्म १२ वटा पुरस्कार अक्षयकोषहरु रहेका छन् । त्यसमध्ये महासंघ दाङ शाखाको पुरस्कार अक्षयकोष बाहेक अन्य पुरस्कार संस्थापकहरुमा नारायणप्रसाद शर्मा, टीकाराम रेग्मी, खगराज लोहनी, सुदर्शन रिजाल, राधा रिजाल, दामोदर सुवेदी, सर्वजीत ओली, शिवहरि मरहट्ठा, रामप्रसाद जैशी, नारदमणि पोख्रेल, उत्तमकुमार श्रेष्ठ, नारायणी रजौरे र मनोज बुढाथोकी रहनुभएको छ ।

पुरस्कार तथा सम्मान महासंघको २३ औं स्थापना दिवस तथा साधारणसभाको अवसरमा यही पुस ४ गते घोराहीमा विशेष समारोहका बीच प्रदान गरिने महासंघका अध्यक्ष सुदीप गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली