२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नेपाल पत्रकार महासंघ दाङको २३ औं स्थापना दिवस

२०७२, २९ मंसिर मंगलवार ०२:४१

patrakaar mahasangh logoसन्तोषकुमार गुप्ता/मङ्सिर २९, दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाद्वारा गठित प्रतिभा छनौट समितिले आफ्नो २३ औँ स्थापना दिवसको अवसरमा पुरस्कृत तथा सम्मान गर्नका लागि पत्रकारहरुको नाम महासंघलाई सिफारिस गरेको छ ।

प्रतिभा छनौट समितिको सोमबार घोराहीमा बसेको बैठकले चार जना पत्रकारलाई पुरस्कृत गर्न, दुई जना पत्रकारका साथै महासंघमा पुरस्कार अक्षयकोष स्थापना गर्ने सबै संस्थापकहरुलाई सम्मान गर्न सिफारिस गरेको हो ।

महासंघका अध्यक्ष तथा प्रतिभा छनौट समितिका संयोजक सुदीप गौतमको अध्यक्षता एवम् महासंघका केन्द्रीय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यमा बसेको बैठकले अविराम पत्रकारिता पुरस्कार अग्रज पत्रकार सुशील गौतमलाई, वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार दशरथ घिमिरेलाई, महिला सिर्जनशील पत्रकारिता पुरस्कार सपना बोहरालाई र विशेष प्रोत्साहन पत्रकारिता पुरस्कार पत्रकार निशानदाजु भट्टराईलाई प्रदान गर्न महासंघलाई सिफारिस गरेको समितिका संयोजक सुदीप गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार बैठकले अग्रज पत्रकार रामप्रसाद पौडेल र निमबहादुर थापाका साथै नेपाल पत्रकार महासंघ दाङ शाखामा पुरस्कार अक्षयकोष स्थापना गर्ने पुरस्कार संस्थापकहरुलाई पनि सम्मान गर्न सिफारिस गरेको छ ।

महासंघमा हालसम्म १२ वटा पुरस्कार अक्षयकोषहरु रहेका छन् । त्यसमध्ये महासंघ दाङ शाखाको पुरस्कार अक्षयकोष बाहेक अन्य पुरस्कार संस्थापकहरुमा नारायणप्रसाद शर्मा, टीकाराम रेग्मी, खगराज लोहनी, सुदर्शन रिजाल, राधा रिजाल, दामोदर सुवेदी, सर्वजीत ओली, शिवहरि मरहट्ठा, रामप्रसाद जैशी, नारदमणि पोख्रेल, उत्तमकुमार श्रेष्ठ, नारायणी रजौरे र मनोज बुढाथोकी रहनुभएको छ ।

पुरस्कार तथा सम्मान महासंघको २३ औं स्थापना दिवस तथा साधारणसभाको अवसरमा यही पुस ४ गते घोराहीमा विशेष समारोहका बीच प्रदान गरिने महासंघका अध्यक्ष सुदीप गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा