२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा असी घर चेपाङलाई खाद्यान्न र लत्ताकपडा

२०७४, १८ माघ बिहीबार ०७:१७

माघ १८, चितवन | सरसफाइ अभियानमा सक्रिय सामाजिक संस्था ‘वे ग्रुप’ चितवनले विकट चेपाङ बस्तीमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । 

चितवनको नारायणगढका विभिन्न संघसंस्था तथा व्यवसायीबाट सहयोग संकलन गरी चेपाङ गाउँमै पुगेर सहयोग गरिएको हो । राप्ती नगरपालिका–१० स्थित चौकीडाँडाका महेन्द्र चेपाङले जाडोले कठ्याङ्ग्रिएका चेपाङलाई लत्ताकपडा उपलब्ध गराएको भन्दै संस्थाको कामको प्रशंसा गर्नुभयो 


‘वे ग्रुप’ले राप्ती नगरपालिका–१० स्थित नान्दार, बाँसपानी, चौकीडाँडा र इच्छाकामना गाउँलालिका–१ स्थित कोलभञ्ज्याङ, भाराङ, जाइथली, साप्रेनी र थाप्राङ गाउँका ८० घर परिवारलाई ८० बोरा चामलसहित लत्ताकपडा वितरण गरिएको समूहका सदस्य नवीन कँडेलले जानकारी दिनुभयो । 

उनीहरुले गएको शनिबार, आइतबार र सोमबार गरी तीन दिनसम्म नारायणगढका व्यवसायीबाट सहयोग जुटाएर चेपाङ बस्तीमा पुर्याइएको समूहका सदस्य शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो । उनीहरुलाई नारायणगढको हङकङ बजार, बिग बजार, गंगोत्री बजार र मिलनरोडका केही फेन्सी व्यवसायीले आवश्यक लत्ताकपडा सहयोग गरेका थिए । 

‘वे ग्रुप’ले यसअघि गत साउनमा आएको बाढीबाट प्रभावित क्षेत्र माडीमा पनि आवश्यक भाँडाकुँडा, खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको थियो । जिल्लामा उक्त समूहले गुट्खामुक्त अभियान चलाइरहेको छ । हरेक सोमबार सरसफाइ अभियानसमेत गर्दै आएको ग्रुपका सदस्य भोजनारायण कँडेलले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी