२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको लमहीमा १६ करोडको लगानीमा साना सहरीको पानी

२९ मंसिर २०७२, मंगलवार ०७:५२

सन्तोषकुमार गुप्ता/ मंसिर २९, देउखुरी । १६ करोड ४० लाखको लागतमा लमही साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको निर्माण सम्पन्न भएको छ । खानेपानी तथा ढल निकास विभाग, दोस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत सम्पन्न भएको साना सहरी खानेपानी आयोजनाको उद्घाटन गरिएको हो । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सञ्चालनमा ल्याएको आयोजनाको सोमबार उद्घाटन आयोजना ब्यवस्थापन कार्यालयका आयोजना निर्देशक तिरेसप्रसाद खत्रीले गर्नुभयो ।
khanepani

२०६८ फागुन १० गतेवाट आयोजनाको निर्माण कार्य सुरु भएको थियो । आयोजनाको निर्माण कार्य सुरु भएको दुई वर्ष २०७० पुस १६ गते सम्पन्न गर्ने लक्ष्य राखीएको थियो । तर, तत्कालीन समयमा भएका वन्द हड्तालका कारण आयोजनाको निर्माण कार्यको समय लम्वीएको थियो । आयोजनाको निर्माण कार्य २०७२ बैशाख ४ गते सम्पन्न भएको निर्माण कम्पनी सिचुवान चन्द्रा एण्ड वसन्त नागार्जुन जेभीका ईञ्जिनियर तपराज पाठकले जानकारी दिनुभयो । आयोजना सम्पन्न गर्न १६ करोड ४० लाख ४० हजार २८ रुपैयाँ ६४ पैसा खर्च भएको छ ।

जसमा उपभोक्ताको ८२ लाख २ हजार १ रुपैयाँ ४३ पैसा लगानी लागेको छ । नगर विकास कोषले ७ करोड ३८ लाख १८ हजार १२ रुपैयाँ ८९ पैसा ऋण सहयोग गरेको छ । नेपाल सरकारको ८ करोड २० लाख २० हजार १४ रुपैयाँ ३२ पैसा सहयोग गरेको छ । उपभोक्ताको ५ प्रतिशत, नगरविकास कोषको ४५ प्रतिशत ऋण र नेपाल सरकारको ५० प्रतिशत अनुदानमा आयोजना सम्पन्न भएको हो ।

२० वर्ष सम्म वृद्धि हुने जनसंख्यालाई धान्ने गरी आयोजनाको संरचना तयार पारिएको छ । खानेपानीको श्रोत जमिन मुनीको पानी हो । लमही नगरपालीका वडा नं. १० देउपुरमा वोरिङ्ग गाडिएको छ । जमिन मुनीको पानी उपभोक्तालाई वितरण गर्दै आएको छ । ४(लाख लिटर पानी अटाउने क्षमताका २ वटा जमिन मुनीको पानी टंकी, १ लाख ५० हजार लिटर पानी अटाउने ओभरहेड टंकी निर्माण गरिएको छ । पुरानो १ लाख ५० हजार लिटर पानी हटाउने टंकी सहीत जम्मा ११ लाख लिटर पानी अटाउने टंकीवाट पानी वितरण भैरहेको खानेपानी संस्थाले जनाएको छ । दुई हजार २ सय ५१ उपभोक्ताले धारा जडान गरेको छन् ।

लमही नगरपालीकाको वडा नं. ६ को वनगाउँ, वडा नं. ८ को अर्नहवा, चैलाही, शान्तिनगर, वडा नं. ९ को मध्यनगर, लङ्गडी, खैरी, वडा नं. १० को देउपुर, प्रगतीनगर, वड्की र छोड्की मोहरा र वडा नं. ११ को लमही बजारमा खानेपानी संस्थाले पानी वितरण गरीरहेको छ । खानेपानी संस्थाले वोत्तलको पानी विक्रि गर्ने लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले वोत्तलमा पानी विक्रि गर्ने योजना अघि सारेको छ ।‘वोत्तल वन्द पानी’ वितरणको प्रकृया अन्तिम चरणमा पुगेको संस्थाका सचिव तिलक न्यौपानेले प्रस्तुत गर्नु भएको प्रगती प्रतिवेदनमा जनाइएको छ । सहुलीयत दरमा वोत्तलमा पानी प्याक गरी पानी वितरणको लागी मेसीन जडानको काम वाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ