2026-09-19 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

डकैतीमा संलग्न चार जना भक्तपुरबाट पक्राउ

माघ १८, भक्तपुर | भक्तपुरको सिपाडोलमा गत १० गते भएको डकैतीमा संलग्न समूहमध्येका चार जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय भोजबहादुर थापामगर, सिन्धुलीका ४० वर्षीय रत्नाबहादुर तामाङ, काभ्रेका २६ वर्षीय अमृत तामाङ र काभ्रेकै २७ वर्षीय सानुकान्छा ब्लोन रहेका छन् । 

लुटेरा समूहले काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सूर्यविनायक नगरपालिका–८ सिपाडोल गणेश स्कूल नजिकै मनहरि बस्नेतको घरमा डेरा बस्ने कुखुरा व्यवसायी रामबहादुर तामाङको डेरामा पेस्तोल र खुकुरी देखाएर रु १६ लाख सात हजार ९०० बराबरको नगद, सुनका गहना, मोबाइललगायतका अन्य सामग्री डकैती गरेका थिए । 

घटनामा संलग्न भई फरार भएका अन्यको खोजी भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो । पक्राउ परेकाबाट चोरीको गहना, मोटरसाइकल प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न व्यक्तिलाई सरकारले गत वर्ष गणतन्त्र दिवशका अवसरमा कैद मिनाहा गरेर छाडेको थियो । 

यसरी भयो घटना 

महाशाखाका अनुसार घटना भएको दिन साँझ ८ बजे भक्तपुर जगातेमा घटनामा संलग्न रहेका आठ जना भेट गरी पीडितको घर नजिक खाजा खाई डकैती गर्ने घरको निगरानी गरेका थिए । 

राती ९ बजे पीडितको घर नजिक गणेश चोकस्थित खेत किनारामा बसी घरका सबै मानिस नसुतुञ्जेल निगरानी गरेका थिए । राति २ बजेको समयमा घरमा प्रवेश गरी खुकुरी र पेस्तोल देखाई परिवारका सबैलाई नियन्त्रणमा लिई नगद, सुनका गहना, मोबाइलसमेत लिएर निजको घर कम्पाउण्डमा पार्किङ गरेको बा ८५ प ७८५० नम्बरको मोटरसाइकलसमेत लिई गएको प्रहरीले जनाएको छ । 

घटनापश्चात् उनीहरुले मोटरसाइकल तथा पैदलबाट बौद्ध जोरपाटी आएर नगद भाग लगाएका थिए । डकैती गरेका सुनका गहना सोही समूहका विष्णु भन्ने अमृत तामाङले मूर्तिको काम गर्ने सानुकान्छा तामाङलाई बिक्री गर्न दिई नगद रु दुई लाख ९० हजार लिएको समेत खुलेको महाशाखाले जानकारी दिएको छ । 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई डकैती गर्दाको धनमालसहित उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी बुधबार डाँका चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी परिसर भक्तपुरमा पठाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई