२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

डकैतीमा संलग्न चार जना भक्तपुरबाट पक्राउ

१८ माघ २०७४, बिहीबार ०९:१९

माघ १८, भक्तपुर | भक्तपुरको सिपाडोलमा गत १० गते भएको डकैतीमा संलग्न समूहमध्येका चार जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय भोजबहादुर थापामगर, सिन्धुलीका ४० वर्षीय रत्नाबहादुर तामाङ, काभ्रेका २६ वर्षीय अमृत तामाङ र काभ्रेकै २७ वर्षीय सानुकान्छा ब्लोन रहेका छन् । 

लुटेरा समूहले काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सूर्यविनायक नगरपालिका–८ सिपाडोल गणेश स्कूल नजिकै मनहरि बस्नेतको घरमा डेरा बस्ने कुखुरा व्यवसायी रामबहादुर तामाङको डेरामा पेस्तोल र खुकुरी देखाएर रु १६ लाख सात हजार ९०० बराबरको नगद, सुनका गहना, मोबाइललगायतका अन्य सामग्री डकैती गरेका थिए । 

घटनामा संलग्न भई फरार भएका अन्यको खोजी भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो । पक्राउ परेकाबाट चोरीको गहना, मोटरसाइकल प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न व्यक्तिलाई सरकारले गत वर्ष गणतन्त्र दिवशका अवसरमा कैद मिनाहा गरेर छाडेको थियो । 

यसरी भयो घटना 

महाशाखाका अनुसार घटना भएको दिन साँझ ८ बजे भक्तपुर जगातेमा घटनामा संलग्न रहेका आठ जना भेट गरी पीडितको घर नजिक खाजा खाई डकैती गर्ने घरको निगरानी गरेका थिए । 

राती ९ बजे पीडितको घर नजिक गणेश चोकस्थित खेत किनारामा बसी घरका सबै मानिस नसुतुञ्जेल निगरानी गरेका थिए । राति २ बजेको समयमा घरमा प्रवेश गरी खुकुरी र पेस्तोल देखाई परिवारका सबैलाई नियन्त्रणमा लिई नगद, सुनका गहना, मोबाइलसमेत लिएर निजको घर कम्पाउण्डमा पार्किङ गरेको बा ८५ प ७८५० नम्बरको मोटरसाइकलसमेत लिई गएको प्रहरीले जनाएको छ । 

घटनापश्चात् उनीहरुले मोटरसाइकल तथा पैदलबाट बौद्ध जोरपाटी आएर नगद भाग लगाएका थिए । डकैती गरेका सुनका गहना सोही समूहका विष्णु भन्ने अमृत तामाङले मूर्तिको काम गर्ने सानुकान्छा तामाङलाई बिक्री गर्न दिई नगद रु दुई लाख ९० हजार लिएको समेत खुलेको महाशाखाले जानकारी दिएको छ । 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई डकैती गर्दाको धनमालसहित उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी बुधबार डाँका चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी परिसर भक्तपुरमा पठाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य