कल्याणपुर नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

कल्याणपुर नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहा: मदिरा विक्रीवितरण तथा प्रयोगमा रोक

१९ माघ २०७४, शुक्रबार ०३:१५

राम नारायण पंडित/माघ १९, सिरहा । कल्याणपुर नगरपालिकाका केहि बडामा मदिरा बिक्रीबितरण तथा प्रयोगमा रोक लगाईएको छ । 

कल्याणपुर नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष दिपेन्द्र यादबको अध्यक्षतमा बुधबार बसेको बैठकले सर्बसम्मतले साबिक गाबिस बिष्णपुर, चिकना र भोक्राहा तथा हाल कल्याणपुर नगरपालिका बडा नं. ४, ५ र ६ मा जाँडरक्सी बिक्री बितरण र प्रयोगमा रोक लगाईएको छ ।  

समाजमा जाँड रक्सी सेवनबाट हुने विकृति विसंगति, होहल्ला, झै–झगडाको अन्त्य गरि समाजलाई शान्त बनाउन जाँड रक्सी निषेधित क्षेत्र घोषणा गरिएको बडा नं. ६ का बडा अध्यक्ष मोतिबुल राइनले बताए । 

तिनै बडा क्षेत्र भित्र पसलहरुमा रहेका जाँडरक्सी माघ मसान्त भित्र बिक्रीबितरण गरिलिन निर्देशन दिँदै फाल्गुन १ गतेबाट पाईएमा पहिलो पटक पसलेलाई रु. ५ हजार र प्रयोगकर्तालाई रु. २ हजार जरिवाना गर्ने निर्णय गरिएको छ । 

बैठकले तिनै बडालाई भोजपुरी गित मुक्त क्षेत्र घोषणा गरिएको छ । निर्णय बिपरित भोजपुरी गितसंगित बजाएमा रु. ५ हजार जरिवाना गर्ने निर्णय गरिएको छ । भोजपुरी गितले समाजमा बिकृति, बिसंगति फैलाउने भएकोले रोक लगाईएको छ । यसले भैm–झगडा हुनुका साथै बालबालिका र महिलालाई नाकारात्मक असर पार्ने भएकाले आफूहरुले अभियान नै थालेको बडा अध्यक्ष राइनले स्पष्ट गरे । 

बैठकले तिनै बडा क्षेत्रमा पर्ने कमला नदिबाट जथाभाबी गिटी र बालुवा निकासी गर्न नदिने निर्णय गरिएको छ । बिद्यार्थीहरुलाई शौक्षिक अध्ययन कार्ड उपलब्ध गराई पठनपाठनमा प्रोत्साहन गर्ने समेत निर्णय गरिएको छ । 

बैठकले १६ बर्ष मुनिका युवायुवतिलाई मोवाईल र मोटरसाइल प्रयोग गर्न रोक लगाईएको बडा अध्यक्ष राईनले जनाए । मोवाइलले समाजमा बिकृति बढाएको बैठकले निष्कर्ष निकाल्दै निर्णय बिपरित प्रयोग गरेको पाईएमा पहिलो पटक रु. ५ सय जरिवाना गर्ने निर्णय गरिएको जारी बिज्ञप्तीमा उल्लेख रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता