2026-08-31 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा सरकारी वृद्धाश्रम दाताको सहयोगमा धानिँदै

माघ १९, चितवन | पवित्र तीर्थस्थल देवघाट धाममा सरकारी तवरबाट सञ्चालित वृद्धाश्रम दाताको सहयोगबाट धानिएको छ । 

विगत केही वर्षयतासम्म सरकारी बजेटको अभावमा दैनिक खाद्यान्न जुटाउन कठिन परेको देवघाट समाज कल्याण केन्द्रमा पछिल्ला वर्षमा खाद्यान्न र लत्ताकपडा किन्नु परेको छैन । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको यस केन्द्रमा नौ वृद्ध र १९ जना वृद्धा रहेका छन् । 

केन्द्रको व्यवस्थापन हेर्दै आउनुभएका ढकराज कोइरालाका अनुसार चार वर्षअघिसम्म बजेटको अभावमा वृद्धवृद्धालाई पालन पोषणका लागि विभिन्न ठाउँमा गुहार्नुपथ्र्याे । विसं २०५२ मा स्थापना गरिएको केन्द्रमा वार्षिक रु २५ लाख हाराहारी खर्च हुने गर्छ । 

गतवर्ष दाताले पुण्यतिथि, जन्मदिन, स्मृति दिन, वैवाहिक गठबन्धनका दिन वृद्धवृद्धाका लागि खानाका लागि दिएको रकममात्र रु १३ लाख ४९ हजार जम्मा भएको कोइरालाले बताउनुभयो । यसका अतिरिक्ति दाताले चामल, तेल र आवश्यक सम्पूर्ण लत्ताकपडा उपलब्ध गराउने गर्छन् । 

कोइरालाले भन्नुभयो, “विगत चार वर्षदेखि कपडा किन्नु परेको छैन भने तीन वर्षदेखि चामल किनिएको छैन ।” दाताहरुले विशेष दिनमा वृद्धवृद्धालाई विशेष खाना खुवाउन चाहेमा एक दिनको रु छ हजार दिनुपर्ने हुन्छ । सादा खानाको रु पाँच हजार तिर्नु पर्छ । विशेष खानामा पनिर, घ्यू , बासमती चामल र दूधसमेत रहने उहाँले बताउनुभयो । 

आफ्नो विशेष दिनमा खाना खुवाउने ११० जना नियमित रहेका छन् भने अन्य दिनहुँजसो आउने गर्छन् । क्षेत्र विकास समितिले सम्बन्धित स्थानीय निकायको सिफारिसमा पालनपोषण गर्ने आफन्त नभएका ६५ वर्ष नाघेका वृद्धा र ७० वर्ष नाघेका वृद्धलाई वृद्धाश्रममा राख्दै आएको छ । ती वृद्धवृद्धाका लागि कतिपय दाताले नगद सहयोग पनि गर्ने गर्छन् । 

दाताले दिएको रकम र आफूले पाउने वृद्धभत्ताबाट कतिपयले आफूलाई मन परेका खानेकुरा खाने र आफू र आफ्ना श्रीमान् वा श्रीमतीको जन्मदिन, पुण्य तिथिमा सँगै रहेका अरुलाई खाना खुवाउनेसमेत गर्छन् । 

सरकारी तबरबाट महिला विकास कार्यालयमार्फत बजेट निकासा हुने भए पनि न्यून बजेटमात्र आउने गरेको देवघाट क्षेत्र विकास समितिका पुराना कर्मचारी किरण पौडेलले बताउनुभयो । गत आर्थिक वर्षमा रु पाँच लाखमात्र प्राप्त भएको थियो । 

देवघाट क्षेत्र विकास समितिका ओभरसियरसमेत रहनुभएका पौडेलका अनुसार आउँदो वर्षबाट दोब्बर क्षमतामा वृद्धाश्रम सञ्चालन गर्न पुग्ने गरी संरचना निर्माण गरिँदैछ । वृद्धवृद्धालाई पालन पोषणका लागि सहयोग गर्न समितिका छजना कर्मचारी परिचालन भएका छन् । 

उनीहरुको स्वास्थ्य उपचार, त्यही अगाडि रहेको अस्पतालमा हुने गरेको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले पछिल्लो समय वृद्धवृद्धालाई मायाँ गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा आर्थिक अभावमा रहेको केन्द्र दाताको सहयोगमा सहज सञ्चालन भएको बताउनुभयो । 

केन्द्रमा थप वृद्धवृद्धा राखेर उनीहरुलाई राम्रो पालनपोषण गर्ने क्षेत्र विकास समितिको उद्देश्य रहेको उहाँले बताउनुभयो । दाताकै सहयोगका कारण केन्द्र सञ्चालन गर्न क्षेत्र विकास समिति तड्पनु नपरेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै