२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

हराएका व्यक्तिको यकिन तथ्यांक लिन समस्या, यस्तो छ कारण

२०७४, १९ माघ शुक्रबार ०६:५९

माघ १९, चितवन | जिल्ला प्रहरी कार्यालयमा मानिस हराएको सूचना लिएर आउनेहरु मानिस फेला परेपछि भने जानकारी दिन नआउने गरेको पाइएको छ । 
हराएका मानिस परिवारको सम्पर्कमा आएपछि प्रहरीमा जानकारी नदिने गरेका कारण यकिन तथ्यांक लिन समस्या हुने गरेको हो । यसले गर्दा प्रहरीमा हराएका मानिसको संख्या बढी देखिने गरेको छ । 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षको छ महिनामा २३३ जना हराएको भनी निवेदन परेको छ । तीमध्ये १८४ जना भेटिएको कार्यालको तथ्याङ्कले देखाएको छ । ३९ जना अझै नभेटिएको प्रहरीको तथ्यांकले देखाउँछ । यद्यपि उनीहरुमध्ये केही परिवारको सम्पर्कमा आएको हुनसक्ने प्रहरीको अनुमान छ । 
प्रहरीका अनुसार यो अवधिमा बालक १८ जना हराएका थिए भने बालिका ३२ जना, महिला १४२ जना र पुरुष ४१ जना हराएका थिए । जसमध्ये बालक र बालिक १८ जना र ३२ जना नै भेटिएका छन् भने महिला १०५ जना र पुरुष २९ जना भेटिएका छन् । 
अघिल्लो आव २०७३÷७४ मा बालक ३०, बालिका ६५, महिला २२९, पुरुष ३८ गरि ३६२ जना हराएका थिए । जसमध्ये २७२ जना भेटिएको कार्यालयले जनाएको छ । भेटिनेमा बालक २८, बालिका ५९, महिला १५५, पुरुष ३० जना रहेका छन् । सो आवमा ९० जना हराएको कार्यालयले जनाएको छ । हराउनेमा बालक दुई, बालिका छ, महिला ७४ र पुरुष आठजना रहेका छन् । 
कार्यालयका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार जो कोही हराएपछि निवेदन दिने र भेटिएको भन्दै जानकारी नदिने गरेका कारण हराएकाको संख्या धेरै देखिने गरेको छ । आफ्नो मानिस भेटिइसकेपछि प्रहरीलाई खबर गर्नुपर्छ भन्ने विषयमा समेत जानकारी गराउन आफन्तले चासो नदिनु मुख्य समस्या रहेको उहाँको भनाइ छ । 
प्रहरीले मानिस हराएको फाइल थन्काइसकेपछि पुनः खोजतलास नगर्दा पनि हराएका मानिसको यकिन तथ्यांक आउन नसकेको हो । 
निवेदनमाथि कारबाही भएपछि कारबाहीको जानकारी नहुनु समस्या रहेको आचार्यले बताउनुभयो । बढी मात्रामा महिला हराउनुले धेरैजसो महिला एउटा घरबाट अर्को घर परिवर्तन गर्ने गरेको र आफन्तले उसलाई चासो नदिएका कारण यस्तो समस्या आउने गरेको उहाँले बताउनुभयो । 
यो समस्या अहिले वैदेशिक रोजगारमा रहेका पुरुषको घरमा बढी हुने गरेको उहाँले बताउनुभयो । अहिले समाजमा वैदेशिक रोजगारमा लैजाने बहानामा छिमेकी मुलुकमा पुर्याएर बेचबिखनमा पर्ने गरेको पनि उहाँले बताउनुभयो । योमात्रै नभएर हराएका कतिपयले विविध कारणले आत्महत्या गर्ने गरेको समेत पाइएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण