८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा प्राङ्गारिक तरकारी तथा कृषि उपजले जीवनस्तर सुधारिँदै

१९ माघ २०७४, शुक्रबार ०८:४५

वासुदेव पौडेल / माघ १९, पोखरा | कास्की अन्नपूर्ण गाउँपालिका–३ का पाउँदुर र ४ का भदौर देउरालीका स्थानीयवासीले प्राङ्गारिक तरकारी एवं कृषि उपज उत्पादन गर्नथालेपछि उनीहरुको जीवनस्तरमा क्रमिक सुधार हुँदै गएको छ । 

विषादीयुक्त खाद्यान्नले मानव जीवनलाई प्रत्यक्ष प्रभावित पारिरहेको अवस्थामा सामुदायिक रुपमा नै प्राङ्गारिक कृषि उपज शुरु गरेका स्थानीयलाई उक्त उत्पादनमा भइरहेको मागका साथै सहज बजारीकरणले थप उत्साहित बनाएको छ । 

घरमा बिहान बेलुका स्वस्थ्यकर तरकारी तथा कृषि उपज खाँदा पारिवारिक स्वास्थ्य त राम्रो भएको छ नै त्यसबाट आजआर्जनलाई समेत टेवा पुर्याएको छ । 

युएससी क्यानडा एशिया र लिवर्डको सहयोगमा माछापुच्छ्रे विकास संघ, कास्कीले छ वर्षयता सञ्चालन गरेको समुदायको उद्यमशीलताद्वारा पर्यावरणीय कृषि प्रवद्र्घन (पिस) परियोजनासँगै प्राङ्गारिक उत्पादन एवं स्वस्थ्य जीवनशैली निर्माणमा सहयोग पुगेको हो । 

परियोजनाले कृषिमा व्यावसायिकता तथा स्वस्थ्यकर तरकारी उत्पादनमा स्थानीय किसानलाई प्रोत्साहित गर्दै कृषि पेशातर्फ आकर्षित गर्नाका साथै स्वस्थ्य जीवनशैली निर्माणलगायत कार्यमा सहयोग पुर्याएको माछापुच्छ्रे विकास संघका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार यस क्षेत्रमा परियोजना सञ्चालनयता व्यावसायिक कृषिको विकासका लागि २३ वटा कृषि समूह तथा पञ्चासे कृषि विकास समिति तथा पञ्चधाम कृषि विकास सहकारी संस्था स्थापना भइसकेका छन् । 

परियोजना सञ्चालन भएयता कृषकको क्षमता तथा सचेतना अभिवृद्धि गर्दै प्राङ्गारिक उत्पादन वृद्धि गर्ने, बजारीकरण तथा संस्थागत विकासमा थालिएको प्रयास उपलब्धिमूलक भएको स्थानीयवासी बताउँछन् । 

“यस क्षेत्रका अधिकांश जमिन झण्डै उपयोगविहीन जस्तो भइरहेको र तरकारी किनेर खानु पर्ने अवस्था थियो,” पञ्चधाम कृषि विकास सहकारी संस्थाकी अध्यक्ष खिमकुमारी गुरुङले भन्नुभयो, “अहिले प्रशस्त तरकारी तथा कृषिजन्य उत्पादन हुँदा त्यसको आफूले उपयोग त गरिरहेकै छौँ, बजारसम्म पु¥याएर बिक्री वितरण गर्दा आय आर्जनमा समेत धेरै सुधार भएको छ ।” 

सचेतना अभिवृद्धिसँगै कृषक प्राङ्गारिक उत्पादनतर्फ प्रेरित भएको उहाँले बताउनुभयो । 

परियोजनाअन्तर्गत यस क्षेत्रमा मौसमी तथा बेमौसमी तरकारीका बीउबिजन वितरण गरिएको छ भने ११३ वटा प्लास्टिक टनेल वितरण गरिसकिएको छ । त्यस्तै दुई वटा सामुदायिक होमस्टे प्रवद्र्धन गरी २४ घरमा होमस्टे सञ्चालनमा आएका छन् । 

प्राङ्गारिक उत्पादनसँगै स्थानीय कृषकले वार्षिक करिब ५० लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । 

स्थानीयवासीलाई मलमूत्रको व्यवस्थापन गर्न भकारा सुधार तथा मलखाद्य व्यवस्थापन, जैविक मल, भिटामिन र विषादी बनाउने तरिका आदिबारे जानकारी गराइएको माछापुच्छ्रे विकास संघका कार्यकारी निर्देशक दीलबहादुर भट्टराईले जानकारी दिनुभयो । 

उहाँका अनुसार कृषि जैविक विविधताको संरक्षण तथा उपयोगमा युवाको संलग्नता बढाउनका साथै बजार व्यवस्थापन र कृषि सहकारी संस्थाको स्थापना आदिका कारण यस क्षेत्रका कृषकको पोषण सुरक्षा र जीविकोपार्जनमा महत्वपूर्ण सुधार देखिएको छ । 

विगतमा बाँझो बन्न पुगेका जग्गालाई पछिल्लो समय कृषि उत्पादनका लागि उपयोग गर्नेतर्फ कृषक आकर्षित बन्ने गरेको प्रगतिशील अर्गानिक कृषि समूहकी अध्यक्ष दुर्गा पौडेलले बताउनुभयो । 

“दुई रोपनी जग्गामा अर्गानिक फार्म सञ्चालन गरेर टनेलबाट बाह्रै महिना गोलभेँडा र तरकारी उत्पादन गरेर वार्षिक रु तीन लाखसम्म आम्दानी गर्न सकिएको छ”, उहाँले भन्नुभयो, “उक्त आम्दानीका कारण केटाकेटी पढाउन र घर खर्च चलाउन पनि निकै सहज भएको छ ।” 

विषादीको प्रयोगबाट मानवीय स्वास्थ्यमा पार्ने नकारात्मक असर सम्बन्धमा कृषकलाई सचेत गराउँदै उक्त क्षेत्रका ३३१ भन्दा बढी भकारा सुधार गर्दै खेर गइरहेका गाईबस्तुको मूत्र संकलन गर्ने गरिएको छ । 

संघले मलखाद सुधारको अभियान शुरु गरेर स्थानीय तहमा जैविक झोल तथा गड्यौँलाको मल बनाएर उपयोग गर्न सिकाएका कारण बोटबिरुवामा लाग्ने रोग तथा किराको व्यवस्थापनमा सहजता आएको स्थानीय कृषक सदाखर पौडेलले बताउनुभयो । 

“छोटो समयमा पर्यावरणीय व्यावसायिक कृषिको नमूना यहीबाट प्रभावकारी रुपमा शुरुवात् भइरहेको छ”, उहाँले थप्नुभयो, “प्राङ्गारिक खेतीको सम्भावना प्रचुर भएका कारण नयाँ पुस्ताका युवायुवतीलाई यसतर्फ आकर्षित गर्नु अहिलेको आवश्यकता हो ।” 

प्राङ्गारिक उत्पादनको बजारमा धेरै माग भए पनि मागअनुसार आपूर्ति हुन नसकेको बताउँदै लि–बर्डका कार्यक्रम निर्देशक भरत भण्डारी यस अभियानलाई अन्य क्षेत्रमा समेत अनुसरण गर्दै सञ्जाल बनाउन सके अति राम्रो हुने धारणा राख्नुहुन्छ । 

सामुदायिक रुपमा प्रयास गरेमा प्राङ्गारिक उत्पादन आय आर्जनको महत्वपूर्ण स्रोत बन्न सक्ने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना