Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ १९ गते, अपराह्न ३:२४ बजे बैतडी - BTD, समाज

बैतडीको सबै तहमा स्वास्थ्य सुरक्षा संयोजन समिति

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १९, बैतडी | बैतडीका १० वटै स्थानीय तहमा स्थानीय तह स्वास्थ्य सुरक्षा संयोजन समिति गठन भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउन जिल्लाका ६ वटै गाउँपालिका र चारवटै नगरपालिकामा संयोजन समिति गठन गरिएको स्वास्थ्य बीमा बोर्ड बैतडीका प्रबन्धक जनक साउदले जानकारी दिनुभयो । सम्बन्धित स्थानीय तहका प्रमुखको अध्यक्षतामा समिति गठन गरिएको छ ।

उहाँले ४४० जना जनप्रतिनिधिलाई स्वास्थ्य बीमासम्बन्धी जानकारी समेत दिइएको बताउनुभयो ।

बैतडीमा २०७३ साल पुसदेखि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ७०४ घरपरिवारका तीन हजार ४४० जनाले बीमा गरेका छन् । रासस