२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिसहनियाँमा एकिकृत योजना तर्जुमा समितिको बैठक सुरु

७ पुष २०७२, मंगलवार ०२:३७

ओमप्रकाश गुप्ता/पुस ७, सिसहनियाँ । सिसहनियाँ गाविसको आगामी गाउँ परिषदका लागि सञ्चालित वडा भेलाहरुबाट आएका योजनाहरु लाई आइतवार देखि एकिकृत योजना तर्जुमा समितिको बैठकबाट प्राथामिकताको आधारमा योजना तथा कार्यक्रमहरु छनौट गर्न सुरु गरेको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा खर्च हुने गरि अनुमानित कुल ४१ लाख २१ हजार २ सय ९० रुपैयाँ मध्येबाट भौतिक पुर्वधार तर्फ ६० प्रतिशतका ठुला योजनाहरुमा १० लाख ३८ हजार ४ सय ६९ रुपैयाँ मध्यबाट वडा नं. १ मा लाइनिङ निमार्णका लागि २ लाख ७ हजार रुपैयाँ, वडा नं. ३ मा पक्की नाली निमार्णका लागि रु २ लाख ७ हजार रुपैयाँ , वडा नं ८ को सगरापुरमा पनफकुवा र पक्की वाल निमार्णका लागि २ लाख ७ हजार रुपैयाँ, वडा नं. ९ को बगरापुरमा चौमुहानमा पक्की पनफकुवा बाँध निमार्णका लागि २ लाख ७ हजार रुपैयाँ र वडा नं. ४ मा कल्र्भट तथा बाटो विस्तारका लागि २ लाख १० हजार ४ सय ६९ रुपैयाँ अनुमोदन गरेको छ ।

भने महिला तर्फ १० प्रतिशतका दरले ४ लाख १२ हजार २ सय ९० रुपैयाँ मध्येबाट उद्घोषणकला तथा भाषणकला तालिमका लागि रु ५० हजार, नारी दिवसका लागि रु २० हजार, महिला ससक्तिकरण कार्यक्रमका लागि रु ३० हजार, लक्ष्मी महिला सहकारीको भवन मर्मतका लागि रु ५० हजार, प्रसुती सेवाका लागि रु ७० हजार, आमा समुह लाई सुरक्षित मातृत्व सेवा तालिमका लागि रु ४० हजार, थप २ जना स्वम्सेविकाहरु लाई ड्रेस र सुविधाका लागि रु २० हजार, दुना टपरी मेसिन व्यवस्थापनका लागि रु २० हजार, पहाडी क्षेत्रबाट सुत्केरी गराउन आउनेलाई यातायात खर्च स्वरुप रु ३० हजार, क्षमता विकास तालिमका लागि रु २० हजार, पुर्ण सरसफाईका लागि रु २० हजार र स्वम्सेविकाहरु लाई यातायात खर्च स्वरुप रु ६२ हजार २ सय ९० रुपैयाँ बजेट अनुमोदन तथा स्वीकृत गरेको छ ।

गाविस सचिव मंगलप्रसाद चौधरीको अध्यक्षतामा भएको बैठकमा एकिकृत योजना तर्जुमा समितिका पदाधिकारी, राजनितिकदलका प्रतिनिधि, गाउँ अगुवा र वडा नागरिक मञ्चका प्रतिनिधिहरुको सहभागिता रहेको छ । बैठकको सहजीकरण गाविसकी प्राविधिक विमला भट्टराई खनालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली