2026-09-12 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

व्यवहारिक शिक्षा आजको आवश्यकता: प्रिन्सिपल तिवारी

राम नारायण पंडित/माघ २०, सिरहा । अबको शिक्षा शैद्धान्तिक भन्दा व्यवहारिक हुनुपर्ने सगरमाथा माध्यमिक बिद्यालय मिर्चैयाका प्रिन्सिपल प्रदिप कुमार तिवारीले बताएका छन् । 

बिद्यार्थीका उपलब्धि ससर्टिफिकेट प्राप्तमा नभई त्यसको प्रतिफल ल्याई सहज जिवनयापन गर्न सक्ने हुनुपर्नेमा प्रिन्सिपल तिवारीले जोड दिएका छन् । शहिद दिबसको अबसरमा आयोजना गरिएको चार दिबसीय खेलकुद प्रतियोगिताको शुक्रबार समापन सभालाई सम्बोधन गर्दै तिवारीले देश संघियतामा गएसँगै अव शैक्षिक शौली र शिक्षालाई व्यवहारिक बनाउनुपर्ने र आधुनीकिकरण तर्फ लग्नुपर्ने बताए । 

बेरोजगारी हटाउँदै स्वदेशमै आत्मनिर्भरताको खोजीगर्न प्राविधिक शिक्षा आवश्यक रहेको समेत उनले स्पष्ट गरे । उनले समग्र क्षेत्रको विकासका लागि शिक्षाको भुमिका पहिलो स्थानमा हुने भएकाले शिक्षा पनि व्यवहारीक र गुणस्तरीय हुनुपर्ने बताए । 

सजिलै जीवनयापन गर्न सक्ने सिपयुक्त शिक्षा आजको आवश्यकता भएको र युग अनुसारको समय सापेक्ष र व्यवहारिक शिक्षा नहुँदा देशमा दक्ष जनशक्तिको अभाव रहेकोले अभावको पूर्तिको लागि गुणस्तरिय शिक्षामा जोड आफुहरुले दिएको प्रिन्सिपल तिबारीले दाबी गरे । 

आफुले गर्ने शैक्षिक गतिबिधिमा स्थानिय तहका जनप्रतिनिधिहरुको सहयोगको आवश्यक्ता रहेकोले आबश्यक सहयोग गरिदिन उनले जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

मिर्चैयामा सुबिधा सम्पन्न खेल एकेडेमी निर्माण गर्ने लक्ष्य रहेको समेत प्रिन्सिपल तिबारीले खुलासा गरे । बिद्यार्थीहरुको सर्वांगिण विकासका लागि खेल जगतको ठूलो भुमिका रहेकोले खेल मैदान निर्माण गरि दक्ष खेलाडी उत्पादन गरि देशबिदेशको खेलमा सहभागि गराउने समेत उनेल उदघोष गरे । 

आफुहरुले बिद्यार्थीहरुलाई सगरमाथा मावि मिर्चैयामा राष्ट्र स्तरको शिक्षा प्रदान गरिरहेकोले पढ्नका लागि बाहिर जाने आवश्यकता नरहेको समेत प्रिन्सिपल तिवारीले जिकिर गरे । 

बिद्यालयका प्रिन्सिपल तिवारीको अध्यक्षता तथा मिर्चैया नगरपालिका मेयर श्रबण कुमार यादबको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुको साथै उत्कष्ट बिद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो । 

कार्र्यकममा मिर्चैया नगरपालिका उपमेयर जिबछी देबी साह, शहिदनगर नगरपालिका धनुषाका मेयर उदय बरबरिया, एनप्याबसनका प्रदेश अध्यक्ष जयप्रकाश चौधरी लगायतका उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन