2026-09-22 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी फैलियो टिके डाका मारिएको खबर

माघ २१, काठमाडौँ ।  दोहोरो फायरमा उनलाई गोली कहाँ लाग्यो ठेगान थिएन । घाइते भएका उनी अचेत थिए । शरीरबाट रगत बगिरहेको थियो । उपचारका लागि अस्पताल त लगियो, तर शरीरबाट रगत धेरै बगेको थियो । त्यसो हुँदा प्रहरीलाई उनी मारिन पुगे भन्ने लाग्यो ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले तुरुन्तै उनी मारिएको खबर माथि गर्‍यो । घटनास्थलबाटै मारिएको खबर आएपछि माथिका प्रहरीलाई पनि लाग्यो, उनी मारिए । त्यसपछि खबर फैलियो । तर, उनी घटनास्थलमा मरेका थिएनन, अचेत मात्रै भएका थिए । अस्पताल पुगेपछि उनको मुटुको चाल परीक्षण भयो । मुटु चलेको पाइएपछि स्वास्थ्यकर्मी उनको उपचारमा लगे । बल्ल पो प्रहरीले चाल पाए, उनी जिउँदै छन् भन्ने । 

महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले थापामगर प्रहरीको गोलीबाट घाइते भएको बताए । उनले भने, ‘जेलबाट भागेपछि प्रहरीले उनको पिछा गरिरहेको थियो । त्यही क्रममा उनी चितवनमा भेटिए । उनी मोटरसाइकलमा भागिरहेका रहेछन् । पिछा गर्ने क्रममा उनले प्रहरीलाई गोली हाने । जवाफमा प्रहरीले पनि गोली हान्यो । यसक्रममा गोली उनको हात र तिघ्रामा लागेको छ । थप उपचारका लागि उनलाई काठमाडौं ल्याइयो ।’ उनलाई महाशाखाले ७ असार ०७२ मा चोरी मुद्दामा पक्राउ गरेको थियो । 

‘टिके डाँका’को अपराध यात्रा र जेलब्रेक

चोरीमा कुख्याती कमाएका टीकाबहादुर थापामगर ‘टिके’ डिल्लीबजारस्थित सदरखोरमा सजाय भुक्तान गर्दै थिए । पटक–पटक पक्राउ परेर धरौटीमा छुट्दै आएका उनलाई यसपटकको कैद सजाय भने भारी परिरहेको थियो । त्यसो हुँदा कसरी हुन्छ जेलबाट उम्कने योजनामा थिए उनी । यसका लागि उनले भाग्ने योजना बनाइरहेका थिए ।

चौबीसै घन्टा सुरक्षाको कडा चौघेरामा रहेको कारागारबाट भाग्नु चानचुने कुरा थिएन । कारागारको ‘लुप होल’ पहिल्याउँदै जाँदा उनले कारागार घेरा हालिएको काँडे तार देखे । जसलाई पेन्चिसले सजिलै काट्न सकिन्थ्यो । अब उनी काँडेतार काट्ने र त्यहीँबाट फरार हुने योजनामा लागे । यसका लागि उनले भेट्न आउने आफन्तलाई प्रयोग गरे । आफन्त प्रयोग गरी तार काट्ने सानो करौँती उनी जेलभित्र लैजान सफल बने । सुरक्षाकर्मीको आँखा छल्दै कारागार घेरा हालिएको तार काट्न थाले । शरीर छिर्नेजति तार काटेपछि उपयुक्त समयको प्रतीक्षामा बसे । 

कारागारभित्र प्रत्येक दिन कैदीबन्दीको गणना हुने गर्छ । ४ माघमा पनि कैदीबन्दी गणना भयो । उनी भने लुकेर बसे । तर, गणकले यसको सुइँको नै पाएनन् । किनकि गणकको गन्तीमा कैदी साबिक बमोजिमकै थियो । उनी अब यही मौकाको फाइदा उठाउनेतर्फ लागे ।

रातको समय । सबै कैदीबन्दी मस्त निद्रामा थिए । ड्युटीमा खटिएका सुरक्षाकर्मी पनि त्यस रात निद्रामै परे । ‘टिके डाँका’ मौकाको फाइदा उठाउँदै सरक्क उठे । काटिएको काँडेतार नजिक पुगे । दायाँबायाँ हेरे । खतरा नदेखेपछि काँडेतार खोलेर बाहिर निस्किए । अनि फरार बने । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित