2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको गेलुमा शहरी स्वास्थ्य केन्द्र स्थापना

माघ २१ । रामेछाप ।

रामेछापको गेलुमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । आइतबार मन्थली वडा नं १२ सिक्रालमा नगरपालीकाका मेयर रमेश बस्नेतले एक कार्यक्रमका वीच उद्घाटन गर्नुभएको हो ।



कार्यक्रमलाइ सम्बोधन गर्दै मेयर बस्नेतले जनता स्वस्थ र शिक्षित भएपछि मात्र आय आर्जन र समृद्धिको बाटोतर्फ लाग्ने बताउनुभयो ।उहाँले नगरपालिकामा सिमित स्रोत र साधन भएपनि जनताका समस्या समाधानमा निरन्तर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो – ठिक छ हामी गरिब छौ, कमजोर छौ, स्रोत र साधनको कमि छ तर जति छ विस्तारै त्यसलाइ सहि सदुपयोग गर्दै जनता प्रति समर्पित गर्न लाग्ने छौ ।


स्वास्थ्यको क्षेत्रमा स्थानीय स्वयम्‍सेविकाले
खेलेको भुमिकालाइ राज्यले उच्च कदर गर्नुपर्ने बताउदै बस्नेतले उनीहरुको योगदानको
प्रसंसा गर्नुभयो । बस्नेतले वडामा भएका समस्याहरु जनप्रतिनिधी मार्फत नगरपालिकामा
ल्याउन आग्रह गर्नुभयो । उहाँले नगरपालीकाका हरेक वडाको आर्थिक
, सामाजिक, भौतिक पुर्वाधारको
विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।


कार्यक्रममा वडा अध्यक्ष कृष्णहरी अधिकारीको
सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला युवा समिति अध्यक्ष प्रकाशकुमार
कार्की
, मनपा स्वास्थ्य शाखा प्रमुख केशबराज फूयाँल, पत्रकार प्रज्वल पौडेल, स्वयम् सेविका, स्थानीय
नागरिक लगाएतको सहभागिता रहेको थियो ।



रामेछापमा मन्थली नगरपालिकाबाट गेलु (सिक्राल), गेलु (नाटिला) र कठजोर गरि ३
स्थान र विभागबाट रामेछापको ल्याङल्याङ र मन्थलीको मानेडाँडामा शहरी स्वास्थ्य
केन्द्र स्थापना गरिने भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई