2026-09-16 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बालीमा लाग्ने सबै कीरा शत्रु हुँदैनन्

माघ २१, नगरकोट | बालीमा लाग्ने सबै किसिमका कीरा हानिकारक नहुने सिकाउँदै चाँगुनारायण नगरपालिका वडा नं ८ मा शत्रुकीरा व्यवस्थापन तालीम सम्पन्न भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना भएको मेलमिलाप कृषक पाठशालाले १६ हप्तासम्म किसानलाई कसरी रोग कीराबाट बाली जोगाउने र व्यवस्थापन गर्ने भन्ने विषयमा आयोजना गरेको सो तालीममा किसानले जमिनमा सत्रु किराका साथै मित्रु किरा हुने र विषादीको प्रयोगले मित्रु किरा पनि नास हुने जानकारी पाए । 

किसानले सानो समस्यामा पनि विभिन्न किसिमका विषादी प्रयोग गर्दा स्वास्थ्यका साथसाथै पैसाको पनि नास हुने भएकाले अबका दिनमा यस्ता कीराबाट बाली जोगाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा नै तालीम केन्द्रित रहेको परियोजनाका संयोजक किशोर पराजुलीले जानकारी दिनुभयो । किसानलाई प्रत्यक्ष रुपमा खेतमा नै लगेर शत्रु जीव र मित्र जीवको विषयमा जानकारी दिलाउनुनै कार्यक्रमको मुख्य लक्ष्य भएको बताउँदै उहाँले अब किसानले कुनै पनि सानातिना रोग लाग्दा भयानक विषादी प्रयोग नगरुन् भन्ने हेतुले नै यो कार्यक्रम थालनी गरिएको चर्चा गर्नुभयो । 

तालीमका प्रशिक्षक गंगाबहादुर माकले एकीकृत शत्रुजीव व्यवस्थापन तालीममा कृषकलाई कसरी रोगकीरा आफैँ व्यवस्थापन गर्न सकिन्छ भन्ने सिकाउनु नै मुख्य लक्ष्य भएको र यसका लागि खेत तयार गर्नेदेखि बीउ छनोट, सिँचाइ, मलखाद र व्यवस्थापनसम्मका विषयबारे जानकारी दिइएको बताउनुभयो । 

छत्तीस किसान संलग्न सो तालीम समापनमा चाँगुनारायण नगरपालिका–८ का अध्यक्ष परासर सापकोटाले शत्रु जीव र मित्र जीवका विषयमा किसानलाई सिकाउँदा बायो डाइभर्सिटी म्यानेजमेन्टमा पनि सघाउ पुग्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल